क्यालिफोर्नियाको एक खोलाले बगाउदा २ बालबालिकाको मृत्यु 

इनेप्लिज २०८१ वैशाख २७ गते ९:३० मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नार्डिनो काउन्टीमा रहेको एक खोलाले बगाउदा २ बालबालिकाको मृत्यु  भएको छ । सान बर्नार्डिनो काउन्टीको खोलामा मंगलबार दुई बालबालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिदीभाई ४ र २ वर्षका थिए । बच्चाकी आमाले उनीहरूलाई खेल्न मिल खोला नजिकै थर्मन फ्ल्याट वनभोज क्षेत्र नजिक नदीमा ल्याइएकी थिईन ।

सान बर्नार्डिनो काउन्टी शेरिफ विभागका सहायक प्रहरीहरुका अनुसार उनी आफ्नो छोरीछोराको हेरचाह गरिरहेकी थिइन् जब खोलाले उनको ४ वर्षीया छोरीलाई दिउँसो ३ बजे बगाएर लगेको थियो।

आमाले बालिकालाई खोज्ने प्रयास गरे पनि भेट्टाउन सकिनन । जब उनी आफ्नो २ वर्षको छोरालाई छोडेर गएको ठाउँमा पुगिन तर छोरा बेपत्ता भएका थिए ।

बेलुका ४ बजेतिर सान बर्नार्डिनो काउन्टीका प्रतिनिधिहरू, अग्निनियन्त्रकहरू र अमेरिकी वन सेवा उद्धार टोलीका सदस्यहरूले दुई बच्चाहरूको खोजी गरेको सिविएसन्यूजले जनाएको छ ।

करिब ४० मिनेटपछि उद्धार टोलीले ४ वर्षीय बालिकालाई फेला पारेको थियो । र, साँझ ५: ०४ चालक दलले २ वर्षीय बालकलाई फेला पारे। दुवै नदीको किनारमा थिए।

दुबै बच्चाहरूलाई गम्भीर अवस्थामा लोमा लिन्डा अस्पतालमा पुर्याए । उनिहरु दुवैको अस्पतालमा मृत्यु भएको अग्निनियण्त्र बिभागले जनाएको छ ।

प्रतिक्रिया