कविता –  तिमी र म 

इनेप्लिज २०८१ वैशाख २४ गते ९:४५ मा प्रकाशित

उल्ठो चस्मा भिरेर सुल्टो ठम्याउने तिमी
सिधा बनाएर चस्मा कानमा तेस्याउने म

अर्कालाई छलेर र ठगेर जीविका चलाउने तिमी
आफ्नै जोहोले दुई छाकको गर्जो टार्ने र पुर्याउने म

अरुको साधनश्रोत प्रयोग गर्दै फुर्ती लगाउने तिमी
अत्यावश्यक वर्तनको जोहो र खरीदले पुर्याउने म

अरुको सुख देखेर नपाउँदा सम्झंदै विलाप गर्ने तिमी
आफ्नैं कर्मको फलमा रमाएर सुखानुभुत गर्ने म

अर्काको बुइँ चडेर सडकछापको उपमा दिने तिमी
आफ्नु सुख सम्झँर सुख विलासको शुभकामना दिने म

आफू केन्द्रीत सपना बुनेर अरुलाई तर्साउने र धम्काउने तिमी
आफ्नु अधिकार र कर्तव्य बुझेर स्वाभिमान पुर्वक बाँच्ने म

काम छलेर ठालु पल्टँदै हाकिमलाई कुरा लगाउने तिमी
काम गरेर आत्मसम्मानका साथ बहस पैरवीमा उत्रने म

कामको समन्वय गर्न नजानेर सत्तरोसराप गर्ने तिमी
समस्याको व्यवस्थापन गर्दै हौसलामा रमाउन प्रेरणा दिने म

काम अरुलाई तेस्राएर ठालु पल्टँदै गफ दिने तिमी
विगारेको काम सच्याएर अघि बढ्न लगाउने म

सीता ओझा
२०८१-०१-२४

प्रतिक्रिया