कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा नामक कविता संग्रहको लोकार्पण सम्पन्न

इनेप्लिज २०८१ वैशाख २० गते २:३२ मा प्रकाशित

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा नामक कविता संग्रहको लोकार्पण आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा सॉस्कृतिक संस्थानका महाप्रवन्धक किरण बाबु पुन प्रमुख अतिथि हुनुहुन्थ्यो भने राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभ देव घिमिरेको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । उक्त समारोहमा समारोहमा विभिन्न साहित्यकारहरू, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरूको वाक्लो उपस्थित रहेको थियो । कवि सुवेदीको कविता कृतिमाथी समालोच डा. शान्ति माया गिरीले समिक्षात्मक टिप्पणी राख्दै कृति भित्र समय संवेदना, जीवनका भोगाइहरू,प्रकृति , डायस्पोरिक चिन्तन तथा परदेशमा रहेर घरदेशको प्रतिविम्वलाई कवितामा चित्रण गरिएको धारणा राख्नु भयो । सोहि अवसरमा उपन्यास समाजका अध्यक्ष शंकर भारतीले एउटा कविता सिंगो आख्यान रहेको बताउनु भयो । वंगलादेशमा रहेर नेपाली साहित्य तथा संगीतमा क्रियाशील श्रष्ट्रा मनोज बहादुर गोरखाले सुवेदीका कविताहरूले आफूलाई पितृभूमिको मायालाई अझ गाढा बनाएको विचार ब्यक्त गरे । लोकार्पित कृतिबाट शुष्मा आचार्य, रन्जु दाहाल र पार्वती भट्टले कविता वाचन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले विमोचित कृतिभित्र डायस्पोराको प्रतिबिम्ब,देशप्रेमको भावना,राजनितीक विसंगतिको व्यंग्य तथा राष्ट्रप्रेमका भावना प्रतिबिम्बित हुने कविताहरू नेपाली साहित्यका लागि सदैव अत्यावश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।

प्रमुख अतिथि पुनले कवि सुवेदीका कविता भित्र राष्ट्र प्रेम, प्रकृति, जीवन र जगतका भोगाइहरू, डायस्पोराप्रतिको समर्पण भाव र मुग्लानमा रहँदा भोग्नुपरेका पीडाहरूलाई सुन्दरढंगले प्रस्तुत गरेको विचार ब्यक्त गर्नुभएको थियो । लोकार्पित कृतिका श्रष्टा नीलकण्ठ सुवेदीले कविताको रचना गर्भ, डायस्पोरिक अनुभूति,प्रवासको कष्टकर जीवन तथा आफू हुर्केको माटो र भूगोलको माया कृतिमा प्रस्तुत गर्ने प्रयत्न गरेको धारणा राख्नु भएको थियो । राष्ट्रिका साहित्य प्रतिष्ठानका महासचिव मधु पाठकले संचालन गरेको उक्त कार्यक्रममा श्रष्टा तथा श्रष्टाकी धर्मपत्नी लोककुमारी सुवेदीलाई अभिनन्दन समेत गरिएको थियो ।

प्रतिक्रिया