डा बिष्णु माया परियारलाई १ लाख १० हजार सहित प्रतिष्ठित मानवअधिकार समाजसेवी पुरस्कार

इनेप्लिज २०८१ वैशाख १६ गते १३:४४ मा प्रकाशित

अमेरिकाको न्यूजर्सीमा बस्दै आएकी समाज सेवी तथा महिला अधिकारकर्मी डा बिष्णु माया परियार(मानार्थ विद्या वारिधि) लाई १ लाख १० हजार सहित प्रतिष्ठित मानवअधिकार पुरस्कार प्रदान गरिएको छ ।

डा परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार—२०८०’ बाट सम्मानित गरिएको हो । मानवअधिकार, सामाजिक न्याय र नागरिक सशक्तीकरण क्षेत्रमा परियारले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकी छन्।

मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार दिन्छ। नेपालमा आयोजित समारोहमा परियारलाई नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विशेष समारोहमा प्रशंसापत्र र पुरस्कार हस्तान्तरण गरिन । समारोहमा विशिष्ट व्यक्तिहरू सहभागी रहेका थिए।

मानवअधिकार एवं सामाजिक न्यायका क्षेत्रका विशिष्ट योगदान पुर्‍याउनेलाई प्रत्येक वर्ष कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिँदै आएको शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए।

स्मरण रहोस , डा परियारले बिगत अढाई दशक देखि दलित गरिव बालबालिका तथा महिलाको उत्थान र अधिकारका लागि काम गर्दै आएकी छिन्।

पुरस्कार प्राप्त गरे पछि सो रकम बालबालिका तथा महिलाको उत्थानमा खर्च गर्ने घोषणासमेत गरिन । सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ। एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान) की संस्थापक अध्यक्ष डा. परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन्। पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटर्स) बाट उनलाई सम्मान गरेको थियो।

पुर्वप्रधानन्यायाधीश कार्कीले डा. परियारको सफलताको कथा सुनेर खुुसी लागेको बताइन्। ‘जीवनमा कडा परिश्रम एवं क्षमताले मात्रै उपलब्धि हासिल हुन्छ भन्ने उदाहरण हुन् डा. परियार’, उनले भनिन्।

उपसभामुख इन्दिरा रानामगरले धर्म, जात, सम्प्रदाय, बोलीको आधारका कसैले कसैलाई छुवाछूत, दुव्र्यवहार, हेलाँ गर्नु नहुने बताइन्। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भडारीले डा. परियारको मुक्त कण्ठले उनले गरेका प्रगतिको बारेमा चर्चा गरे ।

परियार बिभिन्न संघ/सस्थामा आबद्ध /संलग्न छिन भने उनि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका बिभिन्न विभागमा अद्वितीय रुपमा काम गरि सकेकी छिन् । अमेरिकामा मात्र नभई सम्भवत उनि बिश्वमै नेपाली समुदायमा सबै भन्दा ज्यादा पुरस्कार प्राप्त गर्ने व्यक्तित्व हुन् । उनले गरेको समाज सेवाको कारण उनि पुरस्कार पाउने मध्ये कै शीर्ष स्थानमा पर्दछिन ।

प्रतिक्रिया