शिकागो प्रहरी अधिकारीको संदिग्ध हत्यारालाई पक्राउ पुर्जी जारी

इनेप्लिज २०८१ वैशाख १६ गते ११:१३ मा प्रकाशित

अमेरिकाको इलोनोइज राज्यको बिश्व प्रख्यात शहर शिकागो प्रहरी अधिकारीको संदिग्ध हत्यारालाई पक्राउ पुर्जी जारी गरिएको छ । शिकागो प्रहरीले यस हप्ता एक प्रहरी अधिकारीको हत्याको सम्बन्धमा २२ वर्षीय संदिग्धलाई पक्राउ पुर्जी जारी गरेको छ ।

शिकागो प्रहरी विभागले जेभियर टेट जूनियरको खोजी गरिरहेको बताएको छ । उनले प्रहरी अधिकारी लुइस ह्युस्कालाई गत आइतबार बिहान गोली हानी हत्या गरेका थिए ।

कुक काउन्टीका न्यायाधीशले गत शुक्रबार प्रथम श्रेणीको हत्याको आरोपमा हस्ताक्षर गरे। प्रकाउ पूर्जी अनुसार प्रहरीलाई बन्दुकले जानाजानी ह्युस्काको हत्या गरेको आरोप लगाए ।

बिभागका अनुसार स्थानीय समय अनुसार बिहान ३ बजे भन्दा पहिले दक्षिण केड्जी एभिन्यू(मार्ग)को ५५०० भवनसमूह (ब्लक)मा घटना भएको खबर प्राप्त गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए। प्रहरीले ह्युस्कालाई उनको पोशाक मै फेला पारेको र धेरै पटक गोली हानिएको बताए ।

ह्युस्कालाई शिकागो बिश्व बिद्यालयको चिकिस्ता केन्द्रमा लगिएको थियो भने उनको ज्यादै चोटपटकको कारण मृत्यु भयो।

अधिकारीहरूले बताए अनुसार ह्युस्कालाई भर्खरै आफ्नो कर्तब्य (ड्युटी)बाट बाहिर निस्केका थिए र घर जाँदै थिए । जब उनलाई एक संदिग्धले गाडी (कार)जबर्जस्ती लुटपाट तथा चोरी गर्ने क्रममा गोली लागेको थियो।

ह्युस्काको गाडी र सेवा हतियार समेत चोरी भएको बताइएको छ। प्रहरीले पछि गाडी बरामद गरे पनि उनको हतियार हराइरहेको बताएका छन् ।

प्रतिक्रिया