ज्ञानेन्द्र शाहीको इलाम-२ मा भविष्यवाणी : राप्रपाले ७ हजार भोट कटाउँछ , रास्वपा पाँचौं हुने पक्का( एक्स्क्लुसिभ भिडिओ सहित)

इनेप्लिज २०८१ वैशाख १० गते २२:३३ मा प्रकाशित

इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी कमाण्डर बनाएर सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पठाएको छ । एक सातादेखि उनी इलाममा खटिएर पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा भोट मागिरहेका छन् र भाषण गरिरहेका छन् । उनि आफ्नो पार्टीले यस पटकको चुनावमा नसोचेको भोट ल्याउनेमा बिश्वस्त छन् । उस्तै परे राप्रपाले चुनावै जित्न पनि सक्ने उनको महत्वाकांक्षी विश्लेषण छ । यद्यपि, अहिलेकै अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै रहेको उनले स्वीकार गरका छन् । राप्रपाले ७ देखि १० हजारको बीचमा भोट ल्याउने आँकलन शाहीले गरेका छन् । भोलि चुलाचुलीमा हुने दुइवटा कार्यक्रम राम्रो भएको खण्डमा राप्रपाले जित्न पनि सक्ने दाबीसमेत उनले गर्न भ्याए ।

रवि लामिछानेको रास्वपाको भने विजोक देखिएको शाही बताउँछन् । त्यसो त केही दिनदेखि ज्ञानेन्द्र शाही रास्वपा र रवि लामिछानेको कटु आलोचक बनिरहेका छन् । आफ्ना हरेक भाषण र अन्तर्वार्तामा उनी रास्वपामाथि खनिन्छन् । भोट माग्ने क्रममा पनि उनले ‘बरु मुढालाई दिनुस्, तर घन्टीलाई नदिनुस् भनेका थिए । उनले कस्ता मतदाताले घन्टीलाई भोट हाल्छन् भनेर प्रश्न समेत गरे । उनले राष्ट्रियताको पक्षधर, राजसंस्था र हिन्दू राष्ट्र चाहननेले राप्रपालाई भोट हाल्ने, पहिचानवादीले मुढामा हाल्ने, पहिचानविरोधीले कांग्रेस–एमालेलाई हाल्ने र बाँकी बाहुन क्षेत्री कसैले पनि घन्टीलाई नहाल्ने भनेर भविस्यवाणी समेत गरे । उनले गृहमन्त्रीले राँकेमा भाषण गर्दा २५ जना मात्र आएको र त्यही ठाउँ आफुले बोल्दा एक–डेढ सय मानिस आएको पनि ठोकुवा गरे ।

प्रतिक्रिया