गायक ईश्वर मगीयाले ल्याए ‘आँखामा’ (भिडियो सहित)

इनेप्लिज २०८१ वैशाख १० गते १०:४७ मा प्रकाशित

गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा रहेको गीत ‘आँखामा’ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा देबेन्द्र बब्लु र जुना विश्वकर्माले अभिनय गरेका छन् । मगीया आफै पनि गीतको भिडियोमा देखिएका छन् भने विशाल घिमिरेको निर्देशन रहेको छ । उनले भिडियो मेकिङमा आफ्नो टिमले निकै मिहिनत गरेको बताउँछन् । तास स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा एरेन्ज विजेश्वर राज तन्डुकार हुन । यस भिडियाको सिनेम्याटोग्राफर तथा सम्पादक पवन सुस्लिङ हुन ।

गायक तथा गीतकार ईश्वर मागीया सांगितिक क्षेत्रमा प्रवेश गरेको एक दशक भयो । यो अवधिमा उनले दर्जन भन्दा वढी गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन् । वि.सं.२०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरि यसक्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका मागीया आफ्नो नशा नशामा गीतसंगित बगेको बताउँछन् । इलाहावाद स्थित प्रज्ञा संगीत समितिबाट संगीत प्रभाकर उत्तीर्ण गरेका उनी विभिन्न विद्यालयमा संगीत शिक्षकका रुपमा सक्रिय रहँदै आएका छन् ।
गायनलाई नै औपचारिक पेशाका रुपमा अघि सारेका उनी प्रतिश्पर्धात्मक रुपमा आएका गीत संगितको भिडमा संघर्ष गर्न निकै कठिन भएपनि राम्रो सिर्जनालाई दर्शक र श्रोताले मन पराउने बताउँछन् । भविष्यमा यसक्षेत्रलाई नै अझै सशक्त रुपमा अघि वढाउने सोच भएका गायक मगीया गीत गाउने मात्रै गर्दैनन्, गीत लेखन र संगितका क्षेत्रमा पनि पोख्त छन् । अबको केहि महिना मै अर्को नयाँ एल्बम सार्वजनिकको तयारीमा रहेको बताउदै उनले हालै मात्र सेटिस्फ्याक्सन एल्बम बजारमा ल्याएका हुन् । सेटिस्फ्याक्सन एल्बममा समावेश ‘आँखामा’ गीतबाट गायक निकै उत्साही र आशावादी छन् । गीतको भिडियो ओे एस आरको युटुवमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया