संस्कार जोगाउँदै व्यवसायीक बन्दै गोठालो

वीरेन्द्र रावल २०८१ वैशाख १० गते १०:४१ मा प्रकाशित

धनगढी,बैशाख १० ÷धनगढीस्थित हसनपुरमा रहेको गोठालो डेरी उद्योगले स्थापनाको छोटो समयमा संस्कार सहितको व्यवसायीकतालाई सन्तोषजनक रुपमा अगाडी बढाई रहेको छ ।

पछिल्ले समयमा व्यवासायीक क्षेत्र ओरालो लागि रहेको अवस्थामा गोठालोको आर्थिक गतिविधी र व्यपारमा केहि हदसम्म भएतापनि सुधामर आएको गोठालो डेरी उद्योगका प्रमूख सचेतक विवेक बिनाडीले बताएका छन् ।

शुरुका दिनमा ग्राहकहरु सोझै पसलमा नआउने भएपनि पछिला दुई महिना यता ग्राहकहरुको व्यापक आर्कषणको केन्द्रबन्दैछ गोठालो ।

धनगढी उपमहानगरपालिका — ५ हसनपुरकी हरी कुमारी जोशी सञ्चालक रहेको गोठालो डेरी उद्योगको सवा विस्तार र कर्मचारीहरुको आकर्षक व्यवहारकै कारण दैनिक रुपमा आउने ग्राहकहरु उपलब्ध सन्तुष्टिकै रहेको बताइएको छ ।

परम्परागत मूल्य र मान्यतालाई जोगाउन, सेवालाई संस्कारमा बदल्ने अटोठका साथ शुरु गरिएको गोठालो डेरी उद्योग यति बेला विहानै चियाका पारखीहरुको आकर्षणको केन्द्र बिन्दु बन्दै जान थालेको हो ।

गोठालोले ग्राहकको सेवा र सुविधालाई मध्यनजर गदै दुध, दही, घिउ, मही, मिठो मसला चिया , कफि, दुध चिया, केक, बर्थडे केक, लगायतका अन्य पेय पदार्थहरुलाइ बिक्री बितरण गरिरहेको छ । पछिल्ले समयमा जन्म दिनको अवसरमा व्यापक रुपमा केक काट्ने चलनले नेपमाली संस्कार र संस्कृतीको धज्जी उडाउने पो होकी भन्ने लागेरनै नेपाली संस्कार जोगाउनका लागि केकमा दक्षिणा सहितको उपहार दिने गरेको पनि गोठालोका प्रमूख सचेतक विवेक विनाडीले बताए ।

एमए सम्मको अध्ययन गरेका प्रमूख सचेतक विनाडीले पछिलो समयमा युवा युवतीमा संस्कार प्रतिको मोह खस्कीर्दै जान थालेको अवस्थामा संस्कार र संस्कृतिको जगर्नेना गर्नु पनि गोठालोको मूल उद्धेश्य रहेको बताएका छन् ।

युवा युवति देश छाडेर विदेश पलायनता बढ्दै जान थालेको अवस्थामा विदेश पलायन रोक्नका लागि पनि गोठालोले नया सोच र संस्कार स्थापना गर्न खोजेको बताएका छन् ।

खासगरी दुर्गम पहाडी जिल्लाबाट आयात गरिएका ढुंगाका पथ्थर लगायतका टेवुल अनि बेतबासले बनेका पिर्काले गोठालोको छुटट्ै पहिचान दिनेगरेको कुरा गोठालोका नियमित ग्राहक बालाराम उपाध्यायले बताए ।

विगतका दिनहरुमा अन्य पसलहरुमा नियमित चिया पिउने गरेको भएतापनि पछिल्लो एक दुक्षर्् महिना यता गोठालोनै पहिालो रोजाईको स्थान बन्न पुगेको कुरा उपाध्यायले बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया