सिद्धशक्ति योग धामको समुद्घाटन सम्पन्न

सुरेन उप्रती क्यानडा २०८१ वैशाख ९ गते ०:१० मा प्रकाशित

नेपाली नयाँबर्ष २०८१को शुरूवातसँगै वैद्धिक सनातनधर्माविलम्वीहरूको पहान पर्व रामनवमीको पावन अवशरमा सिद्धशक्ति योग धामको समुद्घाटन भयो । यो योगधाम पूर्वी नेपालको ईलाम जिल्ला अन्तर्गत सूर्योदय नगरपालिकाको वडा नम्वर दुईमा अवस्थित रहेको छ ।

चियाको लागि चर्चित भएको फिक्कल बजारबाट पशुपतिनगर जाँदा सात किलोमिटरको दूरीमा यो धाम रहेको छ । वैद्धिक सनातन परंपरानुसार पान्चायन देवदेवीको प्रतिमामा पाँच दीन सम्म पूजापाठ जपतप र मन्त्रोचारण गरी प्राणप्रतिष्ठान गर्ने कार्य भयो ।

प्राणप्रतिष्ठान कार्यकासाथ बैशाख ५ गते रामनवमीको पवित्र दिनमा मन्दिरको समुद्घाटन कार्य प्रमुख अतिथि सूर्योदय नगरपालिकाका मेयर श्री रणबहादुर राई ज्यूबाट सम्पन्न भयो । सिद्धशक्ति योगधामको मन्दिरमा दुर्गा मातालाई मध्यभागमा राखी बिष्णु, शिव, सूर्य, र भगवान गणेशका प्रतिमाहरू रहेकाछन् । यी पान्चायनलाई पञ्चायतन पनि भनिन्छ । मन्दिरकै नजिकमा भगवान बुद्धको प्रतिमामा स्थापना गरीएको छ । भगवान बुद्धको प्रतिमामा बौद्धगुरूद्वारा बेदपाठ गरी प्राणप्रतिष्ठा गरियो ।

प्रतिक्रिया