मेरिल्याण्डका एक किशोरले बिद्यालयमा सामूहिक हिंसाको धम्की दिए पछि पक्राउ र आरोप

इनेप्लिज २०८१ वैशाख ७ गते १०:३० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डका एक किशोरले बिद्यालयमा गोलाबारी गर्ने धम्की दिए पछि उनलाई पक्राउ गरि आरोप लगाईएको एबिसीन्यूजले जनाएको छ ।

प्रहरीले उनले बिधुतिय प्रकाशन गरेका सामग्री र खोजीका सम्बन्धमा पनि पर्दाफास गरेको बताएको छ ।

एक मेरील्याण्डका किशोरलाई सामूहिक हिंसाको धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । अनुसन्धानकर्ताहरूले उनीहरूले मोन्टगोमेरी काउन्टी स्कूल(बिद्यालय)मा गोली चलाउने योजना बनाएको प्रमाणहरू फेला पारेका थिए।

मेरिल्याण्ड राज्यको रकभिलका १८ वर्षीय एलेक्स ये, जसको कानुनी नाम एन्ड्रिया ये हो । उनलाई बुधवार पक्राउ गरिएको छ । कानून प्रवर्तन(प्रहरी)लाई १२९ पृष्ठको “संस्मरण” मा सतर्कता गरिएको थियो जसमा उनले कथित रूपमा उच्च माध्यमिक बिद्यालय तथा प्राथमिक बिद्यालय दुबैमा गोली हान्ने विवरण समावेश थियो।

प्रहरीले अदालतको अभिलेखमा येको लिङ्ग महिला भएको तर उनले पुरुषको नाम प्रयोग गरेको बताएको छ । मोन्टगोमेरी काउन्टी बिद्यालयका अनुसार ये रकभिलको वूटन हाई स्कूल(माध्यमिक बिद्यालय) मा सक्रिय विद्यार्थीहुन् । उनी जुम (परोक्ष )भर्चुअल कार्यक्रम मार्फत कक्षामा भाग लिइरहेका छन् र २०२२ यता बिद्यालय “शारीरिक रूपमा उपस्थित” छैनन्।

अदालतका कागजातहरूका विद्यालयमा गोली हानेर मार्ने धम्की साथै अन्य मुद्दाहरूमा ये लाई पहिले अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया