ट्रम्पले अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको मुद्धामा १२ जना महिला तथा पुरुष अन्तिम निर्णायक मण्डलको सूचीमा,को को छन् त ?

इनेप्लिज २०८१ वैशाख ६ गते २३:४१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा कुनै जमानामा एक अश्लिल चलचित्रकी कलाकारसँग भौतिक /शारीरिक सम्बन्ध राखेको र उनलाई चुनावकै मुखमा चुप लगाउन वकिल मार्फत दिएको रकम मुद्धाको बिषयलाई लिएर ३ दिन देखि चलि रहेको सुनुवाईमा १२ जना महिला तथा पुरुषहरु अन्तिम निर्णायक मण्डलको सूची तयार भएको छ ।

आजै सुनुवाई सकिएको छ भने अब सोमबार फेरी सुनुवाई हुनेछ । १२ जना निर्णायक मण्डलका सबैसंग अदालतले आपराधिक अभियोग सम्बन्धी सबैसँग उनीहरुको राय ,परामर्श ,सल्लाह र बयान लिईने छ ।

अदालतको सुनुवाई समाप्त हुने बित्तिकै ट्रम्पले पत्रकारहरूलाई भने, म यो बेला नर्थ क्यारोलिनामा हुनुपर्थ्यो । ट्रम्प अदालतबाट बाहिर निस्किए जहाँ उनले पत्रकारहरूलाई राष्ट्रपतिको लागि प्रचार गर्नुको सट्टा अदालतमा दिन बिताएको दोहोर्याए।

“म … न्यू ह्याम्सर जान चाहन्छु … म जर्जियामा हुनु पर्थ्यो । म नर्थ क्यारोलाईना र, साउथ क्यारोलाइना हुनु पर्छ। म धेरै ठाउँमा प्रचार गर्न चाहन्छु, तर म सम्पूर्ण दिन यहाँ एक सुनुवाईमा थिए जुन वास्तवमै धेरै अनुचित परीक्षण हो,” उनले भने।

उनले भने, ‘मुद्धा हास्यास्पद छ । कुनै धोखाधडी छैन।” ट्रम्पको आपराधिक मुद्दाको लागि हालसम्म १२ निर्णायक मण्डल सदस्यहरुर १ वैकल्पिक छनोट गरिएको छ ।

निर्णायक मण्डलमा अर्थात् जूरीमा सात जना पुरुष र पाँच जना महिलाहरु रहेका छन् ।

ट्रम्पको निर्णायक मण्डलमा पहिलो अग्रपंक्ति हुने मूल रूपमा आयरल्याण्डका एक व्यक्ति हुन्। उनी बजारीकरण (बिक्री)क्षेत्रमा काम गर्छन् र उनीसँग महाबिद्यालयको शिक्षा छ । उनि उहाँ विवाहित हुन् तर बच्चाहरू छैनन्। उनि न्यूयोर्क टाइम्स र डेली मेल पढ्छन र केहि फक्स न्यूज र एमएनएनबिसी हेर्छन ।

दोश्रो व्यक्ति लगानीकर्ता हुन् स्नातकोत्तर हुन् । उनी आफ्नी श्रीमतीसँग बस्छन् र बालबच्चा छैनन् । उनले ट्रम्पको ट्रुथसामाजिक पोष्टहरू र सामाजिक संजाल एक्समामा वकिल माइकल कोहेनलाई पछ्याउँछन्।

तेश्रो व्यक्ति ओरेगनका कर्पोरेट (संस्था)का वकिल हुन्। उनि एक जवान व्यक्ति हुन् विवाह गरेका छैन् । त्यस्तै चौथो निर्णायक मण्डल सदस्य चार एक सुरक्षा अभियन्ता हुन् । इन्जिनियर हो जो विवाहित हुन् भने उनका तीन बच्चाहरु छन्।

पाचौ निर्णायक मण्डल एक जवान अस्वेत महिला हुन् । उनि अंग्रेजी पढाउँछिन्। उनले स्नातकोत्तर गरेको छिन । अविवाहित हुन् । छैठौ व्यक्ति एक प्रतिष्ठानमा सफ्टवेयर इन्जिनियर (तन्त्रांश अभियन्ता )हुन् जो भर्खरै महाबिद्यालयबाट अध्ययन समाप्त गरेका छन् ।

त्यस्तै सातौ एक देवानी अभियोजक हुन् । बिबाहित दुई बच्चाहरूसँग म्यानह्याटन माथिल्लो क्षेत्र बस्छन्। मूल रूपमा उनि नर्थ क्यारलाईनाबाट हुन् । उनि न्यूयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल, न्यू योर्क पोस्ट र वाशिंगटन पोस्ट पढ्छन्।

आठौ ब्यक्ति एक सेवानिवृत्त सम्पत्ति प्रबन्धक हुन् । उनि बिबाहित दुई बच्चाका पिता हुन् । नवौ निर्णायक मण्डल स्नातकोत्तर हुन् । एक स्वर चिकित्सक( स्पीच थेरापिष्ट)हुन् । उनी अविवाहित र एक्लै बस्छिन्।

१० औ सदस्य एक बिधुतिय वाणिज्य प्रतिष्ठानमा काम गर्छन । उनि ओहायोमा जन्मिएको र हुर्किएका हुन् । अविवाहित हुन् ।

न्यायाधीश जुआन मर्चनले ट्रम्पको चुनौती अस्वीकार गरेपछि ११ औ निर्णायक मण्डलको सुची बनाईएको छ । ट्रम्पका वकिलहरूले ११ औ निर्णायक मण्डल उनलाई बर्खास्त गर्न माग राखेका थिए । उनी ट्रम्पको “व्यक्तित्व” मन पराउदिनन भन्दै हटाउन आग्रह गरेका थिए ।

मुख्य प्यानल(टोली)मा बस्ने अन्तिम निर्णायक मण्डली सदस्यमा भौतिक चिकित्सक(फिसिकल थेरापिष्ट )रहेको छिन । उनले बिद्यावारिधी गरेकी छिन । उनी न्यूयोर्क टाइम्स, यूएसए टुडे र सीएनएन हेर्ने र पढ्छिन्।

प्रतिक्रिया