तिमी मेरो जिन्दगी….

इनेप्लिज २०८१ वैशाख २ गते १५:०० मा प्रकाशित

एक पछी अर्को गर्दै डा. आरसी कोइराला ‘रामचन्द्र’ द्वारा निर्देशानमा सफलताको शिखर चढिरहेका प्रतिभाशाली गायक तथा मोडेल मिराज कोइराला र लोकप्रिय कलाकार तथा मोडेल प्रमिला रिजाल अभिनित म्युजिक भिडिओ सार्वजनिक भएको छ। “क्षितिज” डा. आरसी कोइराला ‘रामचन्द्र’ शब्दरचना, एम. ए. रह्मन बाङ्लादेशको संगीत एवं मिराज कोइरालाको स्वरमा रहेको रोमन्टिक गीत “तिमी मेरो जिन्दगी” को भिडिओमा मिराज प्रमिलालाई रोमाण्टिक जोडीको रुपमा फिचरिङ गरिएको हो भने भिडिओ भख्खरै आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’ RS Films ‘Music of Nepal’ युट्युब च्यानलबाट बजारमा आएको छ।

गीतमा प्रेमीद्वारा प्रेमिकाको बर्णन गरिएको भिडिओ अतिनै सुन्दर देश ग्रीसको समुन्द्री तटहमा खिचिएको छ। प्रेम भावको उच्चतम् कलात्मक शिल्प पोखिएको यो गीतको भिडिओमा डा. आरसी कोइराला ‘रामचन्द्र’को निर्देशन रुपिन डङ्गोलको छायाङ्कन एवं मिलन विश्वाकर्माको सम्पादन रहेको भिडिओ आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । मोडलिङको यात्रामा मिराज कोइरालाको दर्जन भिडिओ रिलिज भैसकेका छन् भने केहि रिलिज हुने क्रममा रहेका छ।

प्रतिक्रिया