सरकारले संसदको चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न लागेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

बेद प्रसाद घिमिरे २०८१ वैशाख १ गते १२:५७ मा प्रकाशित

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

प्रतिक्रिया