रुसले अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) सफलतापूर्वक परीक्षण गरेको जनाएको छ ।
रूसी क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन)ले हिजो राति कीभको सबैभन्दा ठूलो उर्जा केन्द्र (पावर प्लान्ट)मा आक्रमण गरेको छ । साथै देशभरका अन्य उर्जा केन्द्र हरूलाई समेत क्षति पुर्याएको एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा प्रक्षेपण देशको दक्षिणमा गरेको र क्षेप्यास्त्र प्रणाली स्थिरताको पुष्टि गर्ने एक भागको रूपमा गरिएको जनाएको छ ।
प्रक्षेपण गरिएको परीक्षणले “पूर्ण रूपमा” नतिजा हासिल गरेको बताएको छ । एबिसीन्यूजका अनुसार मन्त्रालयले परीक्षण प्रक्षेपण गरिएको क्षेप्यास्त्रको नाम दिएको छैन।
रुसले नियमित रूपमा क्षेप्यास्त्रहरुको परीक्षण प्रक्षेपण गरि रहेको हुन्छ ।
प्रतिक्रिया