अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा १ करोड ५० लाख (अर्थात् १५ मिलियन)आप्रवासी अमेरिका प्रवेश गरेको दाबी गरेका छन् ।
राष्ट्रपति जो बाइडेनको प्रशासनमा सीमा सुरक्षाको बारेमा ट्रम्पले “लाखौं र लाखौं मानिसहरू अमेरिकामा प्रवेश गरि रहेका छन्” । लगभग १ करोड ५० लाख आप्रवासीहरू भित्रिएको बताए ।
उनले शुक्रबार अमेरिकी सभामुख माइक जोन्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन्। गत मार्चसम्म अमेरिकी भन्सार तथा सीमा सुरक्षाले जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेदेखि राष्ट्रव्यापी रुपमा लगभग ९.४ मिलियनहरु अभिलेख गरेको जनाएको छ ।
प्रतिक्रिया