१२ बिलियन डलरको ठगी मुद्दामा भियतनामकी महिला व्यापारीलाई मृत्युदण्डको सजाय 

इनेप्लिज २०८० चैत २९ गते १६:५४ मा प्रकाशित

भियतनामको एक अदालतले रियल इस्टेट( घर खरिद बिक्री कारोवार) की शक्तिशाली उधोगपति( टाइकुन )ट्रुङ माई लानलाई बिहीबार ३०४ ट्रिलियन डङ (१२.४६ बिलियन डलर) को वित्तीय ठगी मुद्दामा उनको भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको  सरकारी सॅचार माध्यमले जनाएको छ ।

यो देशको सबै भन्दा ठूलो रकम भएको समाचारमा उल्लेख गरिएको छ।

उनको सुनुवाई गत मार्च ५ मा सुरु भएको र समय पूर्व नै फैसला लिईएको सिएनएनले जनाएको छ ।

रियल इस्टेट( घरखरिद तथा विक्री )विकासकर्ता भान थिन्ह फाट होल्डिङ्स समूहका अध्यक्ष लानलाई हो ची मिन्ह शहरको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएको  सरकारी सॅचार माध्यमले बताएको छ ।

प्रतिक्रिया