भर्जिनियामा एक महिलाले गल्तीले पावरबल चिट्ठा थिच्दा १० लाख डलर जितिन

इनेप्लिज २०८० चैत २८ गते १०:५८ मा प्रकाशित

भर्जिनियामा एक महिलाले अमेरिकी मेगा मिलियन्स चिट्ठा किन्न जाँदा गल्तीले पावरबल चिट्ठा यन्त्रमा थिच्दा १० लाख डलर अर्थात् १ मिलियन डलर जितेकी छिन ।

मिरियम लङ नामक महिलाले आफै चिट्ठा खरिद गर्दा मेगा मिलियन्स थिच्नु पर्नेमा अकस्मात पावरबलमा थिच्दा उनी रातारात करोडपति बनेको बताइन् ।

“यो मेरो जीवनको सबैभन्दा राम्रो गल्ती हो,” मिरियम लङले भर्जिनिया लोटरी अधिकारीहरूलाई बताइन्।

भर्जिनिया राज्यको रोअनोक शहर नजिकै बस्ने लङले उनी मेगा मिलियन्सको टिकट किन्नको लागि मार्चमा स्थानीय सिभिएस औषधालय गएकी थिइन् ।

लङले मुटु ढुक ढुक भएको बताइन ।

प्रतिक्रिया