परिवारको हत्या-आत्महत्यासँग जोडिएको लस एन्जलस राजमार्गमा बच्चा मृत फेला

इनेप्लिज २०८० चैत २८ गते १०:४० मा प्रकाशित

परिवारको हत्या-आत्महत्यासँग जोडिएको अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस राजमार्गमा बच्चा मृत फेला परेको प्रहरीले जनाएको छ । आमाले कथित रूपमा बुबाको हत्या गरिन र त्यसपछि रूखमा ठोक्किएर उनको मृत्यु भएको लस एन्जेलस प्रहरीले बताएको छ ।

गत सोमबार राजमार्गमा फेला परेको बच्चाको मृत्यु लस एन्जलसमा सम्भावित हत्या-आत्महत्यासँग जोडिएको प्रहरीले एबीसी न्यूजलाई बताएको छ।

गत सोमबार बिहान ४०५ फ्रीवे(राजमार्ग)मा ८ महिनाकी बालिकाको शव फेला परेको थियो । लस एन्जलस प्रहरी विभागका अनुसार एउटी ९ वर्षीया बालिका जिउँदै तर मध्यम चोटपटकको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार उनको गाडी रेडोन्डो बीचको रूखमा ठोक्कियो। र ,उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार दिउँसो उनि ३४ वर्षीया डेनियल जोन्सन भएको पुष्ठी गरेको छ ।

प्रहरी अधिकारीहरूले सोमबार बालिकाको बुबालाई वुडल्याण्ड हिल्सको एक आवासगृहमा छुरा प्रहारबाट मृत फेला पारेका थिए । उनि २९ वर्षीया जेलेन चाने भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार दिएको जानकारी अनुसार सोमबार बिहान दुई बीच झगडामा भए पछि चानेलाई छुरा प्रहार गर्दा उनको घटनास्थलमा नै उनको मृत्यु भएको एबिसीन्यूजलले जनाएको छ । घटनास्थलबाट जैविक प्रमाण सहितको चक्कु बरामद भएको छ ।

हत्याको साक्षी मानिने ९ वर्षीया बालिकालाई चोट लागेकोले अस्पताल भर्ना गरिएको र अहिले सुरक्षित हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया