सुर्य लम्सालको नेतृत्वको एनआरएनए अमेरिकाद्वारा सर्वोच्च अदालतको निर्णयलाई स्वागत

इनेप्लिज २०८० चैत २८ गते १०:१८ मा प्रकाशित

सर्बोच्च अदालतको निर्णयको बिषयमा गैर आवासीय नेपाली संघ अमेरिकाको प्रेश बिज्ञप्ति

सुर्य लम्सालको नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघ अमेरिकाले गत हप्ता नेपालको सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दशौं अन्तराष्ट्रिय सम्मेलन बदर गरि ऊच्चस्तरिय कमिटी निर्धारण गरेको निर्णयलाई स्वागत गर्दै एक प्रेश बिज्ञप्ति जारी गरेको छ।

गैर आवासीय नेपाली संघ अमेरिकाको अप्रील ८, सोमवार बसेको बिशेष बोर्ड बैठकले अनुमोदन गरे अनुसार नेपालको सर्वोच्च अदालतद्वारा गठित डा. शेष घले नेतृत्वको १३ सदस्सिय उच्च स्तरिय कमिटीको निर्देशन र कार्यबिधि अनुसार संस्थाले काम गर्ने तर हाल ऊक्त निर्देशन नआईसकेकोले अमेरिकाको कानुन र संस्थाको बिधान अनुसार संघको काम कारबाही सुचारु रुपले संचालन गरिरहने र संघको नियमित खर्च बाहेक संघलाई ठुलो आर्थिक भार पर्ने कुनै पनि नयां काम नगर्ने कुरा बिज्ञप्तिमा ऊल्लेख छ।

बिज्ञप्तिमा भनिएको छ कि गैर आवासीय नेपाली संघ अमेरिकाले नेपालको सर्बोच्च अदालतको यो निर्णयलाई अमेरिका र बिश्वकै एनआरएन अभियानबाट टाढिएकालाई लाई पुन जोड्ने एक अबसरको रुपमा लिदैं अहिलेसम्म संस्थामा नजोडिएका एनआरएनहरुलाई जोडदै अब सबैको साझा संस्थाको रुपमा आबद्द गराऊन पहल गर्नेछ।

संघले अदालतको यो निर्णयबाट अब सबै एनआरएनहरु एकै ठांऊमा आई संघका साझा ऊदेश्यहरुमा केन्द्रित हुन मद्दत पुग्ने आशा पनि गरेको छ।

बिज्ञप्ति हेर्न यंहा थिच्नुहोस।

प्रतिक्रिया