अमेरिकाको एरिजोना सर्वोच्च अदालतद्वारा गर्भपतन सम्बन्धी १६० वर्ष पुरानो कानुन लागू गर्न फैसला, बचाउन आवश्यक बाहेक सबै गर्भपतनलाई निषेध गर्ने

इनेप्लिज २०८० चैत २८ गते ०:५९ मा प्रकाशित

अमेरिकाको एरिजोना सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी शताब्दी पुरानो कानुन लागू गर्न फैसला गरेको छ । सिएनएनका अनुसार एरिजोना सुप्रीम कोर्ट( सर्वोच्च अदालत)ले मंगलबार अब राज्यले गर्भवती महिलाको जीवन बचाउन आवश्यक रहेको बाहेक सबै गर्भपतनलाई निषेध गर्ने १६० वर्ष पुरानो कानूनको पालना गर्नुपर्ने फैसला गरेको छ ।

अमेरिकामा यो एउटा महत्त्वपूर्ण निर्णय हो जुन अमेरिकी गृहयुद्ध-युगमा प्रचलनमा रहेको थियो । यसले गर्भपतन प्रदायकहरूलाई दुई देखि पाँच वर्षको कारागारको सजाय दिने समेत सिएनएनले उल्लेख गरेको छ ।

यसले एरिजोनालाई सबैभन्दा कडा गर्भपतन कानून भएको राज्यहरूमा आफूलाई उभ्याएको छ । अमेरिकाको अन्य राज्यहरु टेक्सस, अलाबामा ,मिसिसिपीमा लगायतमा पनि गर्भपतन सम्बन्धी कडा कानुन भएता पनि एरिजोना सबै भन्दा कडा रुपमा प्रस्तुत भएको छ ।

अदालतको निर्णय प्रकाशित भएपछि एक पत्रकार सम्मेलनमा बोल्दै, एरिजोना महान्यायाधिवक्ता क्रिस मेयसले वाचा गर्दै भनिन “यस कठोर कानून अन्तर्गत कुनै पनि महिला तथा चिकित्सकरलाई कारबाही गरिने छैन … जबसम्म म महान्यायाधिवक्ता हुँ। म द्वारा, न त हाम्रो राज्यमा सेवा गर्ने कुनै काउन्टी वकीलद्वारा।”

उनले सामाजिक संजाल मार्फत आफ्नो भनाई प्रकाशित गर्दै भनिन जुन समयमा एरिजोना राज्य नै थिएन, गृहयुद्ध चलिरहेको थियो, र त्यस समयमा महिलाहरूले मतदान गर्न पाउदैन थिए ,त्यस्तो समयको कानून पुन: लागू गर्ने आजको निर्णय इतिहास मै यस राज्यमा धब्बा लागेको छ ।

“महिलाको जीवन बचाउनको लागि आवश्यक बाहेक सबै गर्भपतनहरू गैरकानूनी छन् भनी चिकित्सकहरूले सूचना प्राप्त गर्ने छन्,” अदालतको बहुमतले निर्णयमा उक्त कुरा उल्लेख गरेको छ ।

अब गर्भावस्थाको १५ हप्ता पछि गरिएको गर्भपतनमा आपराधिक प्रतिबन्ध लाग्न सक्ने सिएनएनले जनाएको छ । एरिजोनाका गभर्नर केटी हब्सले एरिजोना सर्वोच्च अदालतको गर्भपतन निर्णयको आलोचना गर्दै भनिन “यो एरिजोनाका लागि कालो दिन हो।”

प्रतिक्रिया