पुनरावेदन अदालतका न्यायाधीशद्वारा अश्लिल चलचित्रकी नायिकालाई चुप लगाउन गोपनिय पैसा दिएको सुनुवाई सुरु गर्न ढिलाइ गर्न ट्रम्पको अनुरोध अस्वीकार 

इनेप्लिज २०८० चैत २७ गते १६:५६ मा प्रकाशित

पुनरावेदन अदालतका न्यायाधीशले समेत अश्लिल चलचित्रकी नायिकालाई चुप लगाउन गोपनिय पैसा दिएको मुद्धालाई  सुरु गर्न ढिलाइ गर्न अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अनुरोधलाई न्यायाधिशले अस्विकार गरेका छन।  

न्युयोर्कको सहायक न्यायाधिश सिन्थिया केर्नले मंगलबार यस विषयमा बहस सुनेको केही मिनेटपछि अन्तरिम रोक लगाउने निवेदन अस्वीकार गरिन्।

पूर्ण पुनरावेदन अदालत टोली(प्यानल) ले अझै पनि ट्रम्पको याचिकामा विचार गर्नेछ यद्यपि सुनुवाई सुरु गर्न ढिलाइ नगर्ने सिएनएनले जनाएको छ ।

प्रतिक्रिया