अमेरिकाको फ्लोरिडामा चिकित्सा शास्त्रका विद्यार्थीले घर आउँदा आफ्नी आमालाई छुरा प्रहार गर्दा आमाको मृत्यु ,छोरा थुनामा

इनेप्लिज २०८० चैत २७ गते १०:५८ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा चिकित्सा शास्त्रका एक विद्यार्थीले घर आउँदा आफ्नी आमालाई छुरा प्रहार गर्दा आमाको मृत्यु भएको छ । प्रहरीले छोरालाई थुनामा राखेको एबिसीन्यूजले जनाएको छ ।

चिकित्सा शास्त्रका विद्यार्थीले महाबिद्यालयबाट घर आउँदा आमालाई छुरा प्रहार गरे पछि उनलाई हत्याको आरोप लगाईएको शेरिफले बताएका छन् ।

फ्लोरिडा चिकित्सा विश्वविद्यालयको विद्यार्थी रहेका उनले सप्ताहन्तमा आफ्नै घरमा आफ्नी आमालाई छुरा प्रहार गरेका हुन् । मानसिक रोग वा कुनै लागू औषध खाने उनको इतिहास नभएको शेरिफले सोमबार बताए ।
.
२१ बर्षिय इमानुएल एस्पिनोजाले गत शनिबार आफ्नी आमा, एल्भियालाई ७० पटक भन्दा बढी पटक छुरा प्रहार गरेका थिए । मध्य फ्लोरिडामा उनको स्वागतलाई उन्को आमाले घरको ढोका खोल्दा छुरा प्रहार गरेको पोल्क काउन्टी शेरिफ ग्रेडी जुडले एक पत्रकार सम्मेलनमा भने।

एस्पिनोजालाई प्रथम श्रेणीको हत्या र प्रमाण लुकाएको आरोप लगाइएको छ । उनलाई गत सोमबार पोल्क काउन्टी कारागारमा राखिएको छ । छुरा प्रहर पछि उनले आफैले प्रहरीलाई बोलाएका थिए र आफ्नी आमालाई मारेको स्वीकार गरे। मृतक आमा लामो समयदेखि ट्याम्पा र ओर्लान्डो बीचको पोल्क काउन्टीमा प्राथमिक-बिद्यालयकी शिक्षिका थिइन् ।

प्रतिक्रिया