अमेरिकाको बोस्टनका एक चिकित्सकलाई दुई सयभन्दा बढी महिला तथा धेरै पुरुषहरुद्वारा यौन दुर्व्यवहारको आरोप

इनेप्लिज २०८० चैत २७ गते १०:३५ मा प्रकाशित

अमेरिकाको म्यासाचुस्टेस राज्यको बोस्टन शहरका एक चिकित्सकलाई दुई सयभन्दा बढी महिला तथा धेरै पुरुषले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । साथै उनीहरुले अनावश्यक स्वास्थ्य परीक्षा समेत गरेको मुद्धा दायर गरेका छन् ।

एक दशक भन्दा बढी अघि एक क्रिस्टिन फ्रिट्ज नामक महिला आफ्नो मेरुदण्डको दुखाइसँग संघर्ष गरिरहेकी थिइन् । उक्त महिलाले बोस्टनको ब्रिघम तथा महिला अस्पतालमा उनको चिकित्सकले सिफारिस गरेको बाथ रोग विशेषज्ञलाई जाँच गराइन ।

चिकित्सक डेरिक टोडसँगको जाँच परीक्षण गर्ने ३७ वर्षीया न्यू ह्याम्सरकी महिलाले जाँच गर्ने क्रममा चिकित्सकले संबेदनशिल अङ्ग छोएको बताइन । एसोसिएटेड प्रेस(एपी)ले सामान्यतया यौन दुर्व्यवहारको सम्भावित पीडितहरूको पहिचान बाहिर नल्याउने भएता पनि तर फ्रिट्जले उनको नाम प्रयोग गर्न अनुमति दिएकी थिइन् ।

उनी २०० भन्दा बढी महिला र धेरै पुरुषहरू मध्ये एक हुन् जसले म्यासाचुसेट्सको सफोक सुपीरियर कोर्ट( उच्च अदालत)मा टोड विरुद्धको मुद्दामा सामेल भएका छन्।

गत वर्ष दायर गरिएका मुद्धामा चिकित्सक टोडलाई अनावश्यक स्तन परीक्षण, अण्डकोष परीक्षण र बिरामीहरूमा मलद्वार परीक्षणहरू गरेको आरोप लगाइएको छ।

टोड ब्रिघम तथा महिला अस्पतालका पूर्व बाथरोग विशेषज्ञ हुन् । उनले मांसपेशी, हाड जोर्नीको समेत उपचार गर्छन । उनले सन् २०१० देखि बिरामीहरूलाई दुर्व्यवहार गर्न थालेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया