हार्दिक श्रद्धान्जली- प्रा डम्बर बीर थापाको दाह संस्कार सम्पन्न -प्रा डम्बर अब रहनु भएन

इनेप्लिज २०८० चैत २७ गते २:०५ मा प्रकाशित

प्रा स्व डम्बर बीर थापाको दाह संस्कार सम्पन्न भएको छ । नेपालको मुगामा हाल पाख्रीवास नगर पालिकामा जन्मनु भएका ८७ बर्षिय प्रा डम्बर बीर थापाको गत शुक्रबार अप्रिल ५ का दिन दिउसो अमेरिकाको क्यालिफोर्निया राज्यमा ह्रदयघातबाट निधन भए पछि आज अन्तिम संस्कार गरिएको छ ।

क्यालिफोर्निया राज्यको फ्रेमन्ट स्थित च्यापेल वे स्थित अर्बिंगटन मेमोरियल क्रिमेटोरी (शवदाहगृह)मा क्यालिफोर्नियाको ४ बजे स्थानीय समयमा अन्तिम संस्कार हिन्दु परम्परा अनुसार सम्पन गरिएको छ ।

अब प्रा डम्बर कहिले फर्कने गरि हामी सबैलाई छोडेर सदाको लागि बिदा हुनु भएको छ । काठमाडौँ बालुवाटार निवासी प्रा थापा चिरपरिचित व्यक्तित्व हुनु हुन्थ्यो भने अंग्रेजी बिषयका प्राध्यापक हुनु हुनुहुन्थ्यो । पदम कन्या कलेज ,बिरगंजको ठाकुर बहुमुखी क्याम्पस लगायतमा अन्यमा अंग्रजी बिषयमा प्राध्यापन पेशामा रहनु हुने प्रा अन्य क्षेत्र लगायत सामाजिक सेवामा पनि त्यतिकै सक्रिय हुनु हुन्थ्यो । हाल उहा छोराको साथमा क्यालिफोर्नियामा आफ्नी जीवन संगिनी पत्नीसंगै केही समयको लागि अमेरिकाको भ्रमणमा हुँदा उहाको स्वर्गवास भएको हो ।

अंग्रेजी बिषयक प्राध्यापकको साथै कानुन बिषयमा समेत गरि दुईवटा बिषयमा स्नातकोत्तर गर्नु भएको थियो । उहाका १ छोरा र ३ छोरी अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका छन् । प्रा थापा यस पटक अमेरिकाको बसाई अलिक ज्यादा रहदा अचानक हृदयघात भै उहाको दुखद निधन भएको हो ।

मुगाली लामिछाने थापा कुलवंशका अग्रज स्व. रणमर्दन थापा/ गंगामाया थापाका माईला सुपुत्र हुनु हुन्थ्यो । आज सम्पन्न अन्तिम संस्कारमा उहाकी श्रीमती उर्वशी थापा ,छोरा संजयबीर थापा /(सन्तोष )एवं छोरीहरु क्रमस संगिता,सृजना र समता लगायत ज्वाईहरु सहितले अन्तिम दाह संस्कारमा श्रद्धान्जली अर्पण गरे ।

मुगाली थापा क्लबका सल्लाहकार , मुगाली लामिछाने थापा कुलदेवता पारिवारिक गुठी धनकुटाका संस्थापक समेत हुनु हुन्थ्यो । प्रा थापा ईनेप्लिजका संस्थापक बिश्वराज थापा तथा विजय थापाका महिलो बुवा(काका )हो । साथै प्रा थापाका जेठो स्व दाजु हेडम बहादुर थापाका जेष्ठ सुपुत्र अर्थात् भतिजहरु नारायण थापा ,बिनोद थापा ,बिमल थापा समेत भर्जिनियामै बसोबास गर्दै आएका छन्।

हाम्रा आदरणीय श्रद्धेय काका (महिलो बुवा) प्रा डम्बर बीर थापाको निधन प्रति ईनेप्लिज परिवार तथा हामी पाचै दाजुभाई तथा सम्पूर्ण परिवारका सदस्यहरु अत्यन्तै दुखित एवं स्तब्ध भएका छौ। साथै स्वर्गीय आत्माकाे चिरशान्तिका साथै बैकुण्ठबासकाे कामना गर्दछौं।

साथै माहिली मुवा उर्वशी थापा तथा काका छोरा भाई सन्तोष थापा लगायत बैनीहरु सबैलाई यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गर्नु भन्दै महिलो बुवा प्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं।

प्रतिक्रिया