लस भेगासको कानुन कार्यालयमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्यु

इनेप्लिज २०८० चैत २७ गते ०:५० मा प्रकाशित

अमेरिकाको नेभादा राज्यको लस भेगासको कानुन कार्यालयमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लस भेगासको समृद्ध समरलिन छिमेकमा रहेको कानून कार्यालयमा सोमबार भएको गोलाबारीमा गोली चलाउने व्यक्ति सहित तीन जनाको मृत्यु भएको प्रहरीले बताएका छन् ।

क्लार्क काउन्टी शेरिफ केभिन म्याकमाहिलले एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बन्दुकधारीले आत्महत्या गरेको विश्वास गरिएको बताए । म्याकमहिलले पीडितहरुमा एक पुरुष र एक महिला रहेको बताए। मृतकको नाम खुल्न नसकेको सिबिएसन्यूजले जनाएको छ । तर पीडितहरूका साथी रोबर्ट एग्लेटले उनीहरूलाई विवाहित जोडी डेनिस र आश्ले प्रिन्स भएको सिबिएसलाई जानकारी दिए ।

म्याकमहिलका अनुसार योजना गरिएको उक्त गोली काण्ड कार्यालय भवनको पाँचौं तलामा रहेको कानून कार्यालयमा बिहान १० बजेपछि गोली हानाहान भएको बताए ।

गोलीकाण्ड भए पछि प्रहरी अधिकारीहरूले भवन खाली गर्न र भित्र आश्रय भएका मानिसहरूलाई बाहिर निकाल्न काम गरेका थिए । यता घटना पछि अन्वेषकहरूले कार्यालय भवनको सवारी साधन अड्डा (पार्किङ ग्यारेज)मा बन्दुकधारीको गाडी खोजेका थिए ।

समरलिन शहरको पश्चिमी किनारमा लगभग १३ माइल फैलिएको छ भने लस भेगास भूभागको लगभग ३० मिनेट पश्चिममा पर्दछ ।

प्रतिक्रिया