ट्रम्पले अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको गोपनीय पैसाको सुनुवाईलाई ढिलाई गर्न गरेको आग्रहलाई न्यायाधीशद्वारा अस्वीकार

इनेप्लिज २०८० चैत २६ गते २३:४२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वयस्क चलचित्रकी कलाकारलाई सन् २०१६ को चुनाव अगाडी चुप लगाउन दिएको गोपनीय पैसाको सुनुवाईलाई ढिलाई गर्न गरेको आग्रहलाई न्यायाधीशले अस्वीकार गरेका छन्

न्युयोर्कमा हुने सुनुवाईलाई ढिलाइ गर्ने ट्रम्पको अन्तिम क्षणको प्रयासलाई न्यायाधीशले अस्वीकार गरेका हुन् । म्यानह्याटनमा अप्रिल १५ मा सुनुवाई सुरु हुने बताइएको छ।

न्यायाधीशले सोमबार उनको फौजदारी मुद्दालाई म्यानह्याटनबाट बाहिर सार्न ढिलाइ गर्ने अन्तिम मिनेटको प्रयासलाई अस्वीकार गरेको एबिसीन्यूजले जनाएको छ ।

न्यायाधीश लिज्बेथ गोन्जालेजले एक वाक्यको आदेशमा स्पष्टीकरण बिना अस्वीकार गरेका हुन् । ट्रम्पका वकिलहरू मंगलबार पुनरावेदनमा जाने अपेक्षा गरिएको छ ।

ट्रम्पले २०१६ को राष्ट्रपति चुनावको केही दिन अघि अश्लिल चलचित्रकी कलाकार (पोर्न स्टार) स्टोर्मी डेनियललाई उनको तत्कालीन वकिल माइकल कोहेनलाई गोपनीय पैसा (हश मनी) भुक्तानीको सम्बन्धमा म्यानह्याटन बृहत निर्णायक मण्डली (ग्रान्ड जूरी)ले अभियोग लगाएपछि उनले ३४ वटा ब्यापार सम्बन्धी अपराध गणनाका अभियोगहरु सामना गरिरहेका छन्।

प्रतिक्रिया