बाइडेनले नयाँ विद्यार्थी ऋण माफी प्रस्तावहरू घोषणा गर्ने

इनेप्लिज २०८० चैत २६ गते १०:३५ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकाको विस्कनसिनमा आंशिक वा पूर्ण विद्यार्थी ऋण माफीका लागि नयाँ प्रस्तावहरू घोषणा गर्ने भएको सिबिएसन्यूजले जनाएको छ ।

बाइडेन प्रशासनका अनुसार संघीय विद्यार्थी ऋण प्रयोग गर्ने २ करोड ५० लाख अमेरिकीहरूले अब जम्मा भएको ब्याज शुल्कका कारण उनीहरूले सुरुमा लिएको उधारो भन्दा बढी ऋणकर्ता भएको जनाएको छ ।

यद्यपि राष्ट्रपतिको नयाँ ऋण माफी प्रस्तावले कुनै पनि विद्यार्थी ऋण बाँकी( ब्यालेन्स )कम गर्नु अघि धेरै अवरोधहरू हटाउनु पर्नेछ । विद्यार्थी ऋणमा ब्याज लक्षित गर्ने योजना संघीय नियम बनाउने प्रक्रिया मार्फत अनुमोदनको विषय हुनेछ।

यदि योजना स्वीकृत भयो भने २३ मिलियन अर्थात् २ करोड ३० लाख अमेरिकी ऋणीहरूले उनीहरूको लिएको सबै बाँकी वृद्धि रकम माफ हुनेछ।

ब्याज-विशिष्ट ऋण माफी योजना अन्तर्गत संघीय विद्यार्थी ऋण भएका कुनै पनि अमेरिकीहरू एक पटकको रद्धको लागि २० हजार डलर सम्मका लागि योग्य हुने शिक्षा बिभागले बिज्ञप्तिमा जनाएको छ ।

तर केही कम र मध्यम आय भएका ऋणकर्ता २०,००० डलर भन्दा बढी ब्याज-विशिष्ट मुल्य माफ पाउनेछन् ।

प्रतिक्रिया