गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ११ औं स्थापना दिवस चैत २३ गते सम्पन्न भएको छ ।
सोही अवसरमा “सुनिश्चित भविष्यको सारथी, गोलढुङ्गा सहकारी” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एम्नेस्टी इन्टरनेशनल समूह १८ को संयुक्त आयोजनामा सहकारीका शेयर सदस्य तथा नारी पेवा बचत अन्तर्गतका सदस्यहरुलाई एक दिवशीय “वित्तिय साक्षरता तथा महिला मानव अधिकार क्षमता अभिवृद्धि तालिम समेत दिइएको थियो ।
एम्नेस्टी इन्टरनेशनल प्रशिक्षक रचना पण्डितले मानव अधिकारको पुर्ण रुपमा जानकारी गराउनुहुदै महिलाहरुले आफ्नो वचतगर्ने बानी र वचत गर्ने तरीकाको बिषयमा तथा महिला मानव अधिकारको वारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा आचार्यले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रतिक्रिया