अध्यावधिक गरिएको: ताइवानको भूकम्पमा मृत्यु हुनेको कूल सख्या १० पुग्यो, ७०० भन्दा ज्यादा मानिसहरु अझै फसिरहेको अवस्था 

इनेप्लिज २०८० चैत २२ गते १८:३३ मा प्रकाशित

अध्यावधिक गरिएको: ताइवानको भूकम्पमा मृत्यु हुनेको कूल सख्या १० पुगेको छ । यसै गरि  ७०० भन्दा ज्यादा मानिसहरु अझै फसिरहेको सिएनएनले  जनाएको छ । 

ताइवानको उत्तरी हुआलियन काउन्टीमा बुधबार गएको ७.४ परिमाण(म्याग्निच्युड)को भूकम्पपछि ७०० भन्दा बढी मानिस फसिई रहेको ताइवानको राष्ट्रिय अग्नि सॅस्था(नेशनल फायर एजेन्सी- एनएफए)ले जनाएको छ ।

बुधबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । सॅस्थाले दिएको जानकारी अनुसार कम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १,०६७ जना घाइते भएका छन ।

प्रतिक्रिया