अध्यावधिक गरिएको : ताइवानको भुकम्पमा घाइते हुनेहरुको सख्या ९३० पुग्यो, १३७ जना अझै फसिरहेको अवस्था 

इनेप्लिज २०८० चैत २१ गते १८:४० मा प्रकाशित

अध्यावधिक गरिएको : ताइवानको भुकम्पमा घाइते हुनेहरुको सख्या ९३४ पुगेको छ भने १३७ जना अझै फसिरहेको  ताइवानको राष्ट्रिय अग्नि नियन्त्रक (एनएफए)ले जनाएको छ ।

ताइवानमा बुधबार ७.४ परिमाणको भूकम्पबाट घाइते हुनेको संख्या ९३४ पुगेको र मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

हुआलियन काउन्टीका विभिन्न सुरुङमा फसेका ७५ जनालाई आपतकालीन उद्धारकर्ताहरूले उद्धार गरेका छन्।

बिहान ७ बजेसम्म अझै १३७ जना फसेको सिएनएनले उल्लेख गरेको छ।

प्रतिक्रिया