फ्लोरिडामा महिनौंसम्म कुटपिट सहित बन्धक बनाईएकी महिला भाग्न सफल

इनेप्लिज २०८० चैत २१ गते ११:३० मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा महिनौंसम्म कुटपिट सहित बन्धक बनाईएकी एक महिला भाग्न सफल भएकी फ्लोरिडा प्रहरीले बताएको छ ।

उनीले आफूलाई महिनौंसम्म कुटपिट गर्ने व्यक्तिले बन्धक बनाएको बताइन् । औषधी पसल वालग्रीन्समा रोकिने क्रममा उनि भाग्न सफल भएको फ्लोरिडाका अधिकारीहरूले मंगलबार बताए ।

हिल्सबरो काउन्टी शेरिफको कार्यालयका अनुसार ४८ बर्षिय संदिग्ध वाल्टर मेडिनाले फ्लोरिडाको ट्याम्पा क्षेत्रको औषधि पसलमा छोटो समयका लागि महिलालाई छोड्दा उनीले भाग्ने मौका पाएकी थिइन् ।

घाइते महिला भर्खरै मालबाहक गाडी (भ्यान)बाट भागेको र मद्दत मागे पछि सोमबार उनलाई सहयोग गर्न प्रहरीहरु पठाईएको थियो । अधिकारीहरूले पीछा पछि मेडिनालाई मंगलबार हिरासतमा लिए। उनीमाथि दोश्रो श्रेणीको सेहत्या प्रयास र सशस्त्र अपहरणको आरोप लगाइएको छ ।

प्रहरीले ती महिलाको पहिचान सार्वजनिक गरेको छैन । भागेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया