कर्म समिक्षा

बालाराम उपाध्याय २०८० चैत २१ गते १०:३१ मा प्रकाशित

ब्रह्माण्ड मा वास्तविक सत्यकुरा नै जन्म र मृत्यु हुन् ।यि दुइकुरा बाहेक धेरै कुराहरु केहि सत्यकेहि असत्य छन् ।

कहिले घाम कहिले पानी ,कहिले जाडो कहिले गर्मी,कहिले दिन कहिले रात,कहिले बालक कहिले बुढो,कहिले शुख कहिले दुख यहि किसिमले सुर्यले परिक्रमा निरन्तर पृथ्वी को वरिपरि गरि रहन्छ पृथ्वी मा एक नास को मौसम नै हुदैन।एक नास ले कसैको पनि जीवन चलिरहेको हुदैन।प्रकृतिको नियम आफ्नै प्रकारको छ,जसलाई ध्यान दिदै उक्त नियम को पालना
गर्नैपर्छ ।

यदि यो नियमको विरुद्धमा जादा जो सुकैले क्षति ब्यहोर्नु त सामान्य नै हुन्छ,उसैपरे अस्तित्व मेटिने खतरा पनि रहन्छ।अस्तित्वको लडाइँ लड्न जो सुकै तयार नै हुन्छन् ।

ब्रह्माण्डमा भएका भनिन्छ
चौरासी लाख योनि हरु मध्य मानव जाती सबभन्दा उत्कृष्ट हो।सबै प्राणीहरु ले प्रकृतिको नियम मान्दै जान्छन् ।हामी जसलाई पशु भन्न रुचाउँछौ,तिनीहरु पनि आ– आफ्नो जाति को नियम भन्दा बाहिर जादै जादैनन।तर त्यहि मानव जो चेतनाको हिसाबले होस् या अरु कुराले होस् आफुलाइ सर्बोत्कृस्ट ठान्छ। होला पनि!तर उ आफै जति बेला जे पनि गर्न तयार हुन्छ।हामीले जे गर्न खोज्छौ र गर्छौ त्यस्तै उनीहरुले गर्न खोजे वा गरे भने संसार कस्तो होला?

सामान्य अर्थमा कर्म भन्ने बित्तिकै उसले गर्ने क्रीया काम हो भनेर बुझ्न सकिन्छ।मानिसले कर्म,कुकर्म या सत्कर्म जे जति गर्दै जान्छ नि त्यसको फल प्राप्त गर्दै जान्छ कुरा ढिलो चाडोको मात्रै हो । कर्म भन्ने सब्द पुरानै रहेछ भन्नेकुरा द्वापर युगमा महाभारत को युद्ध को बेला भगवान कृष्ण ले अर्जुन लाई कर्म गर फलको आस नगर भनेर भनेको भागवत गिता बाट जान्न सकिन्छ ।

कर्म फल संग सम्बन्धित हुन्छ ।आजको स्वार्थी दुनियाँमा त जसले जति कर्म गर्छ फलकै आशमा गर्छ। हुन पनि हो यदि फल न पाइने हो भने कसले किन र केको लागी कर्म अर्थात काम गर्ने? धेरैले गर्दैनन् ।

फल प्राप्त गर्ने तरीका फरकफरक होलान् समय ढिलो चाडो होला, मात्रामा एक रुपता न होला, कोहि सन्तोष होला त कोहि असन्तोष जो जे भएपनि फल को आश गरेकै हुन्छ।यो स्वभावैले हुन्छ पनि। मान्छेले गरेको कर्म (काम) को उपलब्धि अर्थात फल को प्राप्ति केकति भयो?यो समिक्षा गर्नु अत्यन्तै सान्दर्भिक हुन्छ।यसको पनि समय हुन्छ“ पोहोर मरिन सासू अहिले आया आसु “ भने जसरि गर्दा हामीले धेरै क्षति ब्यहोरि सकेको हुन्छ ।

चराचर जगत को हितमा काम गर्नुपर्ने मानिस ब्यक्ति केन्द्रित भयो, एकोहोरो भयो वा समय समयमा आफुले गरेका काम अर्थात कर्मको समिक्षा गरिएन भने जतिबेला पनि दुर्घटनामा परिन्छ।यो कुरा ब्याक्तीमा मात्रै लागु नभइ विभिन्न संस्था ,राजनीतिक दल हरुमा पनि लागु हुन्छ ।

आजको मानव स्वभाव नै आफ्नो गल्ति कमजोरी को समिक्षा गर्ने र सुधार गर्ने भन्दा अरुको आलोचना गर्ने , दोषारोपण गर्ने,खुइल्याउने तिरै जान्छ । विभिन्न काल खण्ड को अनेकौं पटक विविध कार्य अर्थात कर्म समिक्षा गर्नु जरुरी छ।जसले गर्दा दुर्घटना बाट जोगिन र जोगाउन सकिन्छ ।

आज नेपाली जन जिब्रोमा झुन्डिएको दुइटा चर्चित सब्दहरु छन् १ यो देशमा केहि छैन (२) केहि हुदैन आम मान्छेले यहि शब्दको प्रयोग गर्छन् भने ठूला राजनीतिक दलहरू भन्छन् (१) ठूलो बलिदान बाट प्राप्त गरेको ब्यबस्था माथि खतरा बढ्यो(२) प्राप्त उपलब्धि को रक्षा गर्नु हाम्रो कर्तव्य हो ।

यो अवस्था आउनु मा जिम्मेवार को हो? के नेपाल का राजनीतिक दलहरूले कहिल्यै समिक्षा गरेको छन् ?गर्न चाहन्छन् ? छैन।भत्किएको दरवार तिर ,उत्तर र दक्षिण तिर औंला देखाएर पानी माथी को ओभानो बन्न खोजिरहेका छन् ।यदि साच्चिकै यो ब्यबस्थाको रक्षा गर्ने हो भने इतिहासका पानाहरु पल्टाएर अध्ययन गरौं त ।

राणा शासन को पतन को मूल कारण उनीहरु आफैं हुन् ।पन्चायत ढल्नु को सहायक जो भए पनि मूल कारण राजा र राज परिवार नै हुन् ।यदि यो ब्यबस्था पल्टियो या ढल्यो भने राजनीतिक दलहरू बिशेषगरि काङ्ग्रेस ,एमाले र माओवादीकै कारण हुने छ।यो कुराको समिक्षा कहिले हुन्छ? कसले गर्छ ?के यिनिहरु समिक्षा गर्न तयार छन ?इतिहास को पनि निर्मम समिक्षा गर्ने बेला हो यो।साच्चिकै देश बनाउने हो भने हामीले के बोल्यौ,,के गरयौ,यो बिचमा के गर्नुपर्थ्यो ,के गर्नुहुदैन थ्यो।हिजो के थियो ,आज के छैन, र के छ।नजिकैको छिमेकीले के गरे,कसरि गरे,यि र यस्ता बिषय कहिले समिक्षा हुन्छ ? कर्म समिक्षा दलहरूले मात्रै गरे भैहाल्छ त?कर्मचारी जो आफुलाइ रास्ट्रसेवक भन्न रुचाउँछन् तिनीहरु ले आफ्नो कर्म समिक्षा किन न गर्ने ? के देश बन्नु र बिग्रीनुमा यिनिहरुको भूमिका छैन?खै समिक्षित भएको ? शिक्षकको मुख्य काम राजनीति गर्ने हो या सिकाउने? कसले समिक्षा गर्न पर्दैन ? गरेको पो कसले छ ? पत्रकार ,कलाकार ,समाजको जो सचेत बर्ग हो उहि त झनै द्वन्द्व बढाउने कार्यमा सक्रिय देखिन्छ।जनताको जिउधन को सुरक्षाको जिम्मापाएको सुरक्षाकर्मि नै चोरि डकैती मा लागे पछि,स्वतन्त्र न्यायापालिक को न्याय मुर्ति नै बिबिध कारण ले प्रभावित भए पछि ।

ज्यान बचाउने डाक्टर नै ज्यान मारा भैदिए पछि समाज त बिकृत हुने नै भयो यहाँ भनिएकाहरुले समिक्षित हुनुपर्ने होकि हैन ?

जसबाट सत्कर्म को भरोसा गरिएको हुन्छ त्यहि ब्याक्ती र संस्थाले कुकर्म गर्न थालेपछि देश को उभो गति हुनै सक्दैन ।

त्यसैले सबैले आ – आफ्नो कर्मको बेलैमा समिक्षा गरौ।आफु बनौं बनाऔं ।

प्रतिक्रिया