सहकारी दिवसको अवसरमा बालगृहलाई सहयोग हस्तान्तरण

देवेन्द्र सन्ज्याल २०८० चैत २० गते २१:२३ मा प्रकाशित

 कैलाली , चैत्र २०

राष्ट्रिय सहकारी दिवसको अवसरमा “कोअपरेटिभ म्यानेजर्स क्लव लम्किचुहा”ले भुरुवा कैलाली स्थित मानवसेवा बालगृहलाई एक कार्यक्रम बिच खाद्यान्न तथा फर्निचर हस्तान्तरण गरेको छ।

क्लवका अध्यक्ष एकेन्द्र प्रसाद जैसिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अमर रावल, बुद्धि खनाल, ललित न्यौपाने , ज्ञानु बुढ्थापा, सुकदेव काफ्ले,सीता जैशी सन्तोष चौधरी लगाएतको उपस्थिति थियो।

सो कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष जैशिले भन्नू भयो,” सहकारी आम जनता सङग प्रत्यक्ष जोडिएकाले मुनाफा केन्द्रित मात्र नभै सामाजिक उत्तरदायित्व समेत निभाउने संस्था भएकोले मानवसेवाको क्षेत्रमा बालगृहले पुर्याएको योगदानको कदर गर्दछौ।”

उक्त कार्यक्रममा खाट , टेबल, चामल , दाल , नुन , तेल, तरकारी , चाउचाउ लगाएतका सामग्री हस्तान्तरण गरिएको CMC सदस्य ललित न्यौपानेले बताउनु भएको छ।

क्लवले सहकारी दिवसको अवसरमा हिजो प्रभात फेरि सङ्गै रक्तदान कार्यक्रम समेत आयोजना गरेको बताइएको छ।

प्रतिक्रिया