अमेरिकी पावरबल चिट्ठा कसैलाई परेन ,अबका महाभाग्यशालीले १.०९ बिलियन डलर जित्ने

इनेप्लिज २०८० चैत २० गते १०:२३ मा प्रकाशित

अमेरिकी पावरबल नामक चिट्ठा कसैलाई नपरे पछि अब आगामी बुधबार खुल्ने चिट्ठाको कुनै पनि महाभाग्यशालीले १.०९ बिलियन डलर हात पार्ने छन् ।

गत सोमबार राती उक्त चिट्ठा खोल्दा सबै ६ अंक कसैले पनि नमिलाएकोले ९७५ मिलियन डलरबाट रकम वृद्धि भै १.०९ बिलियनडलर पुगेको छ । पावरबलको संजालस्थल (वेबसाइट)मा दिएको सूचना अनुसार सबै ६ अङ्क नमिले पछि अब आगामी अप्रिल ३ का दिन खुल्नेछ ।

गत सोमबार खोलिएको चिट्ठाको अङ्कहरु क्रमस सेतो भकुण्डो १९,२४,४०,४२,५६ र रातो भकुण्डो २३ रहेको छ । यो गत जनवरी १ नयाँ बर्ष देखि अहिले सम्म कसैले सबै ६ अङ्क मिलाउन नसकेको एबिसीन्यूजले जनाएको छ ।

त्यो खेलको इतिहासमा अब बुधबार खुल्ने चिट्ठा चौथो ठूलो राशीको चिट्ठा हुनेछ ।

अब बाजी मार्ने महाभाग्यशाली बिजेताले नगद ४८३.८ मिलियन डलर प्राप्त गर्ने छन । पछिल्लो पटक पावरबल चिट्ठा जनवरीमा मिशिगनको एक टिकटले ८४२.४ मिलियन डलरको पुरस्कार पाएको थियो। ३९ पटक लगातार चिट्ठा खोल्दा पनि कसैले सबै अङ्क मिलाउन नसक्दा यसरी जनवरी १ देखि अप्रिल ३ सम्म पुगेको छ ।

पावरबलका अनुसार पुरस्कार जित्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुने जनाएको छ ।

पावरबल टिकटहरू २ डलरमा खरिद गर्न सकिन्छ । यो चिट्ठा खेल केवल अमेरिकाका ४५ वटा राज्यहरुमा मात्र खेलिन्छ । डिसी ,पुर्टो रिको र यूएस भर्जिन टापुहरूमा समेत टिकट बिक्रि गरिन्छ । अमेरिकाका अलाबामा,अलास्का ,हवाई ,नेभादा र युटाहा राज्यहरुमा पावर बल चिट्ठा खेलाईदैन ।

प्रतिक्रिया