बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी

बेद प्रसाद घिमिरे २०८० चैत १९ गते १०:०६ मा प्रकाशित

बागमती प्रदेशसभाको बैठक बस्दै छ। सो बैठक प्रदेश सभा भवन हेटौडामा बस्ने छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए।

उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ। बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन।

बागमती प्रदेशसभामा ११० सदस्य रहेका छन्। बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन्।

प्रतिक्रिया