अमेरिकाको टेनेसीमा गोली चल्दा १ जनाको मृत्यु, ५ घाइते

इनेप्लिज २०८० चैत १९ गते ९:४६ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । प्रहरी अधिकारीहरूले संदिग्ध बन्दुकधारीको खोजी गरिरहेको एबिसीन्यूजले जनाएको छ ।

न्यासभिल टेनेसी प्रहरीले ४६ बर्षिय एन्टोन रकरको खोजी गरिरहेको बताएको छ । जसलाई इस्टरमा खानाको समयमा गोली चलेको शंका गरिएको छ।

गत आइतबारको गोलाबारीमा एक व्यक्तिको मृत्यु भएको अन्य पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले पुष्टि गरे । प्रहरीले पछि मृत्यु भएका व्यक्ति ३३ वर्षीय एलेन बिचम भएको जनाएका छन् ।

दिउँसो ३ बजेतिर अमेरिकी पूर्वीय समयमा न्यासभिलको रोस्टेडमा ब्रंच (जलपान -खाजा र दिवा भोजको सट्टा दिइने खाना )दिइँदै गर्दा दुई पुरुषहरू बीच झगडा भएको थियो ।

महानगर न्यासभिल प्रहरी विभागका जनसम्पर्क निर्देशक डन आरोनले आइतबार राति एक पत्रकार सम्मेलनमा झगडा बढ्दै जाँदा एक जना पुरुषले बन्दुक निकाले र धेरै गोली हाने, आरोनले भने।

कथित बन्दुकधारीसँगको झगडामा मृतक अन्य पक्षको संलग्नता रहेको विश्वास गरेका छन्। घटनास्थलबाट मृतकसहित अस्पतालमा आठ जनालाई लागिएको थियो । ती दुई व्यक्तिले एकअर्कालाई चिन्थे भन्ने बारेमा अधिकारीहरूलाई जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया