ओबामा बाइडेनलाई सहयोग गर्न र ट्रम्पलाई हराउन ह्वाइट हाउसमा

इनेप्लिज २०८० चैत १४ गते ११:३२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले गत शुक्रबार आफ्ना पूर्व उपराष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसको पारिवारिक भोजन कक्षमा धेरै घण्टा बिताए। उनले बाइडेनलाई बिगत बर्षमा गरे झैँ सहयोग गर्नेछन् । किनकी बाइडेन ओबामाका उपराष्ट्रपति भएर ८ बर्ष सम्म काम गरेका छन । उनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित नहुन हुन् भन्ने हेतुले सल्लाह र परामर्श गर्न त्यहाँ पुगेका हुन् ।

ओबामाले एक श्रब्यदृश्य (भिडियो)मा भनेका छन्, “हामीसँग अझ धेरै गर्ने मौका छ, तर त्यो तब मात्र हुन्छ यदि हामीले नोभेम्बरमा जो(जो बाइडेन) र कमलालाई ह्वाइट हाउसमा फिर्ता पठाउँछौं,” । त्यसको लागि हामीले काम गरिरहनुपर्छ ,उनले उक्त श्रब्यदृश्यमा भनेका छन् ।

ओबामा र बाइडेन नियमितताका साथ कुरा गरि रहेको सिएनएनले जनाएको छ । ओबामाको अपील र लोकप्रियता राष्ट्रिय डेमोक्र्याटको रूपमा निर्विवाद छ। चुनाव अभियानको कोष सङ्कलन प्रयासहरूमा ओबामको कारण अहिलेसम्म १५ मिलियन डलर भन्दा बढी सङ्कलन गरेको छ। “मिट द प्रेसिडेन्ट्स” नामक कार्यक्रम मार्फत बाइडेन र ओबामा एक्लैले लगभग ३ मिलियन डलर कमाएको छ।

अबको ७ महिनाको लागि ओबामाको लागि विशेष ध्यान केन्द्रित क्षेत्र कोष सङ्कलन अपील गर्ने र युवा अमेरिकीहरूलाई, विशेष गरी अस्वेत र ल्याटिनो मतदाताहरूलाई उत्प्रेरित गर्न मद्दत गर्नेछ भनि सिएनएनले सामाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया