पत्रकार अमृत पौडेलको नयाँ गीत दिलमा रोप्यौ तिर सार्बजनिक

इनेप्लिज २०८० चैत १४ गते १०:३६ मा प्रकाशित

काठमाडौँ । पत्रकार अमृत पौडेलको शब्द रचनामा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक भएको छ । उक्त दोहोरी गीत ‘दिलमा रोप्यौ तिर’ मा अमृत पौडेल, शेर बहादुर गुरुङ र सरस्वती गुरुङको सुमधुर स्वर रहेको छ ।

माया प्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र बेदनालाई समेटेर तयार पारिएको बियोगान्तक गीतलाई श्रीराम पौडेल (निर्दोश)ले संगीत भरेका छन् ।

माछापुच्छ्रे मिडिया नेटवर्कले निर्माण गरेको गीतको लिरिकल भिडियो नयाँ पुस्ता एचडीको युट्युब च्यानलमा हेर्नसकिन्छ । १३ वर्षअघि नमस्ते पोखरा स्टुडियोमा रेकर्डिङ भएको गीत अमर न्यौपानेले रेर्कडिङ तथा सम्पादन गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा आबद्ध पौडल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन् । यसअघि पौडेलका लोक दोहोरी गीत पार्यौ बन्धकी र दुःख पाको छु सार्बजनिक भइसकेका छन् ।

प्रतिक्रिया