नेकपा एमालेले उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्बाङ्लाइ उम्मेदवार चयन गरेको छ

बेद प्रसाद घिमिरे २०८० चैत १२ गते ९:४४ मा प्रकाशित

नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीलेका अनुसार एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो । एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो । एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया