गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

इनेप्लिज २०८० चैत ११ गते ११:४६ मा प्रकाशित

काठमाण्डौं ।

गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो । आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । गीतमा समलिंगी प्रेमलाई चित्रण गरिएको छ ।

उमेश बहादुर शाहको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

’गाजल ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया