अमेरिकाको आइडाहोमा कैदीलाई स्वास्थ्य जाँच गर्न लैजाने क्रममा ३ जना प्रहरीमाथी हमला र गोली प्रहार

इनेप्लिज २०८० चैत ८ गते ११:३२ मा प्रकाशित

अमेरिकाको आइडाहो राज्यमा कैदीलाई स्वास्थ्य जाँच गर्न लैजाने क्रममा प्रहरीमाथी हमला र गोली प्रहार भएको छ । कैदीलाई बाहिर लैजाने क्रममा ३ जना आइडाहो सुधार अधिकारीहरूलाई हमला र गोली हानेपछि खोजी जारी रहेको सिबिएसन्यूजले जनाएको छ ।

तीन सुधार अधिकारीहरू गत बुधवार बिहान आइडाहोको बोइसको चिकित्सा केन्द्र (मेडिकल सेन्टर)बाट एक कैदीलाई कारागारमा लैजाने क्रममा आक्रमण गरी गोली हानेको अधिकारीहरूले बताए ।

आइडाहो विभाग सुधार अधिकारीहरूले कैदी स्काइलर मीडलाई गत मंगलबार राती सेन्ट अल्फोनसस क्षेत्रीय अस्पतालमा पुर्‍याएका थिए । स्थानीय समय अनुसार बिहान २:१५ बजे उनीहरू बाहिरिने तयारी गर्दै थिए भने एक अज्ञात संदिग्धले अधिकारीहरूमाथि आक्रमण गरे र दुई जनालाई गोली प्रहार गरको बिज्ञप्तिमा जनाईएको छ ।

बुधवार दिउँसो बोइस प्रहरी जासूसहरूले गोली प्रहार गर्ने संदिग्ध निकोलस उम्फेनोर भएको पत्ता लगाएका छन। उम्फेनोरले गोली हानेका एक अधिकारीको अवस्था गम्भीर तर स्थिर रहेको छ। त्यस्तै गोली लागेका दोस्रो अधिकारीको पनि अवस्था गम्भीर रहेको जनाईएको छ

संदिग्धहरू भागेको गाडी समेतको जानकारी सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया