श्रीमान मार्न श्रीमतिलेनै प्रेमीलाई सुपारी दीएपछि सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर हत्या यसरी सफल भयो प्रहरी

इनेप्लिज २०८० चैत ८ गते ९:५६ मा प्रकाशित

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा चैत ३ गते भेटिएको शव हत्या गरेर फालिएको प्रहरीले निश्कर्ष निकालेको छ ।


मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलालको हत्या गरेर ३ जना फरार भएका थिए । आफ्नै श्रीमतीले रामलालको हत्या गर्ने सुपारी दिएर पठाएको र सिक्लेसमा ल्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्याको आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम गर्न भनेर गएका ३ जना काठमाडौं र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको छ ।

पोस्टमार्टनपछि रामलालका बुबाले शव बुझेका छन् । मादीमा २ वटा निर्माणाधीन हाइड्रो जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए । वडाध्यक्ष गुरुङले लास नै हो भन्ने पक्का भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर लगेर खोजी थालेको थियो । केही दीनम प्रहरीले हत्यारा सार्वजनीक गर्दै छ हेर्नुहोस यो भिडियो

प्रतिक्रिया