नेपाली कांग्रेस पार्टी पनि दुधले नुहाएको पार्टी होइन गृहमन्त्री रवि लामिछाने

बेद प्रसाद घिमिरे २०८० चैत ६ गते १४:३२ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरेर आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गर्नुभयो। उहाँले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो। उहाँले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौती दिनुभयो। उहाँले चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मैले केही भन्नै पर्दैन नि। कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ। संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो। विवाद हुनु र गराइनु फरक छ। विवादबाट मुक्त कहिल्यै हुँदैन। हामी काम गर्न अघि बढेका छौँ। कामको संकेत देखिरहनुभएको छ। जुन ढंगले संसद अवरोध भएको छ। एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली काँग्रेस दुधले नुहाएको पार्टी हो कि होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन्। हामीले कामले जवाफ दिने हो। काँग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले चार वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने

प्रतिक्रिया