अधिकारका प्राप्तीका लागि मजदुरहरुले जर्वजस्त हस्तक्षेप गर्न जरुरी : पूर्व मन्त्री ठगुन्ना

विरेन्द्र रावल २०८० चैत ६ गते १२:४० मा प्रकाशित

धनगढी, चैत्र ६÷नेकपा एमालेका पोलिटव्यूरो सदस्य, कैलाली ईन्चार्ज तथा पूर्वमन्त्री गणेश ठगुन्नाले नेकपा एमाले मजदुर सर्वहार बर्गको पार्टी भएकाले यो पार्टीमा मजदुरहरुको प्रतिनिधित्व पनि अनिवार्य रहेको बताएका छन् ।

प्रमूख अतिथी ठगुन्नाले नेकपा एमाले मजदुर बिशेष ईलाका कमिटीको. दोस्रो अधिवेशनका मंगलबार धनगढीमा उद्धघाटन मन्तव्य व्यक्त गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।

नेकपा एमाले सर्वहार,श्रमजीवि जनताको हक,हित र सुरक्षाका लागि स्थापना भएको कम्यूनिष्ट पार्टी भएकाले यो पार्टीमा आवद्ध सबै नेता कार्यकर्ताहरुले योग्यता ,क्षमताका आधारमा अवसर पाउनु पर्ने धारणा व्यक्त प्रमूख अतिथी ठगुन्नाले व्यक्त गर्नु भएको हो ।

एमालेले सबै तह र तप्कामा मजदुरको आरक्षण कायमगर्दै मजदुरका कुरा उठाउन सक्ने नेता र नेतृत्वको पहिचान गरेर राजनीतिक लाभ लगायतका अन्य अवसरहरु प्रदान गर्ने कुरामा एमाले पार्टी सदैव क्रियाशिल रहेको बताएका छन् ।

अधिकार मागेर मात्र नपाईने अवस्था देशमा विकास भैरहेको अवस्थामा स्वयं मजदुरहरुले आफ्ना अधिकार प्राप्तकिा लागि हस्तक्षेपकारी रुपमा अघि बढ्न सक्नु पर्ने धारणा प्रमूख अतिथी ठगुन्नाले व्यत्तः गर्नु भएको छ ।

एमाले पार्टी आजको अवस्थामा आइ पुग्नुका पछाडी नेकपा एमालेको. नेपालका मजदुरहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पूर्व मन्त्री समेत रहिसकेका ठगुन्नाले एमाले मजदुरको पार्टी भएको आभाष आम सर्वसाधारणमा हुन जरुरी रहेको समेत धारणा व्यक्त गरेका छन् ।

सो अवसरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लहाकार कमिटीका संयोजक खेमराज पाण्डेले मन्तव्य व्यक्त गर्नेक्रममा मजदुरहरुको रगत र पसिनाबाट एमाले जन्मीएको बताउनु भएको छ ।

यस्तै सो अवसरम एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङगानाले मन्तव्य व्यक्त गर्दै एमालेले सबै जनवर्गिय संगठनलाई एकताबद्ध बनाएर समाज विकासको अभियानमा लाग्ने बताउनु भएको छ ।

सो अवसरमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य देव शहादुर बमले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा नेपाल ट्रेड युनियन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष एवं एमाले कैलाली जिल्ला कमिटीका सदस्य जीत बहादुर मल्लले एमालेले मजदुरहरुको हक,हित र संरक्षणका लागि बिशेष कार्यक्रम ल्याएर बास्तविक लोकतन्त्रको अनुभूति दिलाउन सक्नु पर्ने बताउनु भएको छ ।

सो अवसरमा नेकपा एमाले कैलाली जिल्ला कमिटीका निवर्तमा सदस्य वीरेन्द्र बहादुर रावलले समेत अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

विशेष ईलाका अविधेशनको अध्यक्षता कावा अध्यक्ष गोपाल केसीले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपसचिव भक्त बहादुर थापाले गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव मीन बहादुर कार्कीले गर्नु भएको थियो ।

सोही दिन सम्पन्न भएको अधिवेशनको बन्द शत्रले ललित चन्दको अध्यक्षतामा,उपाध्यक्ष,बिष्णु अधिकारी,सचिवमा मोहन सावद,उपसचिवमा धना बिष्ट(लवी) र सदस्यहरुमा रामसिंह महरा,कृष्ण प्रसाद पोखरेल र रेखा रोकाया रहेको सात सदस्यीय बिशेष ईलाका कमटी निर्विरोध निर्वाचित गरेको छ ।

उद्धघाटन समारोहमा आयोजकबाट प्रमूख अतिथी एवं कार्यक्रममा सहभागि अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया