काँग्रेसको सदन अबरुद्द, मौसमी कि बेमौसमी बाजा ?

इनेप्लिज २०८० चैत ६ गते १०:१९ मा प्रकाशित

झन्डै दुइ साता अघि नेपाली राजनीतिमा आकस्मिक ढंगले तत् समयको सत्ता गठ बन्धन टुट्न पुग्यो । संसदमा तेस्रो ठुलो दल माओबादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहालले सत्ता साझेदारको मुख्य घटक कांग्रेस सँग सम्बन्ध टुटाएर दोस्रो ठुलो दल नेकपा एमाले लगायत अन्य दलको सहयोगमा नयाँ समीकरण निर्माण गरे ।

नयाँ बिकसित राजनैतिक घटना क्रमले तत् समयको सम्झौता अनुसार प्रधानमन्त्रीको पालो कुरेर बसेको कांग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ ।

त्यसो त् नयाँ समिकरणको भागबण्डामा गृह मन्त्रालयको भाग रास्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । साथै गृह मन्त्रालयको जिम्मेबारी उनै बिबादस्पद छवि भएका रास्वपा अध्यक्ष रवि लामिछानेले पाएका छन् ।

त्यसो त नेपाली राजनीतिमा बेदाग राजनीति कर्मी बिरलै होलान् । अघिल्लो कार्यकालमा पनि ३०/३२ दिन गृहमन्त्रालयको जिम्मेबारी पाएका रविले दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि उनको मन्त्रि,संसद र पार्टी अध्यक्ष तिनै पद एकै झड्कामा गुमेको थियो ।

अदालतले उनको नागरिता प्रकरणमा कानुनि परिभाषा सहित पदमुक्त गर्ने निर्णय त् गर्यो तर नेपाली जनताले अदालतको निर्णयलाई आत्मसाथ गरेनन् । जसको फलस्वरूप लगत्तै भएको उप निर्वाचनमा चितवनका जनताले गठबन्धन उम्मेदवारका बिरुद्दमा उभिएका रबी लामिछानेलाई दोब्बर मतले जिताई दिए ।

अनपेक्षित जन उभार रबि लामिछानेको पक्षमा बढ्दै जादाँ नेपाली राजनीतिका मुख्य मतियार भनिएका नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरुको टाउको दुख्दै गएको सत्यता नेपाली राजनीतिमा छुपेको छैन ।

यसै बिचमा सहकारीठगि प्रकरणमा रबी लामिछानेको नाम फेरि जोडिएर चर्चामा आयो । रबिको दल सरकार बाहिर थियो । कान्तिपुर दैनिकले नियमित हेड लाइनमा सहकारी ठगिमा रविको सग्लनता भन्ने समाचार छापी रह्यो । तत् समयका सत्ता साझेदार कांग्रेस वा गृह प्रशासनले रविलाई पक्रेर अनुसन्धानमा तान्न सकेन । मुख्य अभियुक्त भनिएका सहकारीका संचालक जीबी राई अझै पक्राउ पर्न सकेका छैनन् ।

सयम फेरियो । सरकार बदलियो । परिस्थिति नयाँ बन्यो । बर्तमान मन्त्रि परिषदमा रविले उप प्रधान सहित गृह मन्त्री भएका छन् । कांग्रेस मन लागि नलागी प्रति पक्षको बेन्चमा पुगेको छ ।

प्रधानमन्त्रि प्रचन्डले काँग्रसको यथास्थितिबाद बाट आफुले चाहेको देश बिकासको फड्को मार्न नसकेकोले नयाँ समीकरण बनाउनु परेको तर्क दिई रहेकाछन् भने काँग्रेस मेरो कान्छी बुढी पोइला गइ भने झैँ प्रचण्डको धोका घडीमा परेको कथा बाचन गरी रहेको छ ।

त्यसो त काँग्रेस सँग सँगै सुतेर भोली पल्टको सहकार्य गर्न एमाले सँग दौडने माओबादिको बानी यो पहिलो भने होइन।यसमा प्रजातन्त्रको पर्याबाची पुरानो संघर्षशिल पार्टी हुँ भनि हुँकार नेपाली कांग्रेस नै एकल अस्तित्वमा उभिन नसक्नु नैयो समीकरण फेर बदलको कारक हो ।

अहिले चलिरहेको संसदमा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृह मन्त्री रबि लामिछानेको नाम जोडिएको हुँदा यस बिषयमा रविलाई गृह मन्त्रालयबाट हटाउनु पर्ने माग सहित प्रधानमन्त्रीको स्पस्ट जबाफ नआए सम्म सदन चल्न नदिने भन्दै सदन अबरुद्द गरेका छन् ।

सतही विशेषण गर्दा बिबादका घेरामा तानिएका गृह मन्त्रीको राजिनामा माग्नु उपयुक्त नै देखिए पनि यो सतही कुरा मात्र नभएर राजनैतिक दाउपेच हो भन्नेमा द्वुबिधा देखिदैन् ।

यहिँ प्रसंगलाई केहि समयको अगाडी आफै सत्तामा हुँदा कांग्रेसको भूमिका हेर्ने हो भने बहस निरिह देखिन्छ ।सुशासनका लागि “कन्फिक्ट अफ इन्ट्रेस ” मा बहस पैरवी गर्नु उचित हो तर यो सिद्दान्त आफू सत्तामा हुँदा र बाहिर हुँदाफरक तरिकाले विश्लेषण गर्नु राजनैतिक बेइमानी हो ।

आज संसद्को रोस्टममा प्रधानमन्त्रीको जवाफ मागी रहेका नेकाका महामन्त्री गगन थापालाई जनताले प्रश्न पक्कै गर्नेछन् , हिजो भुटानी शरणार्थी काण्डमा नाम जोडिएका कांगेसका बरिष्ट नेताहरुको अनुसन्धान किन बिचैमा तुहाइयो ? बिपक्षी मै रहेका बेला सहकारी ठगीको प्रकरणमा रविलाई पक्राउ गरि अनुसन्धान गर्न के ले रोक्यो ? छापाहरुमा आएका सुन काण्ड , ललिता निवास, ओम्नी, बाँसबारी, वाइड बडी ,एन्सेल जस्ता ठुला माछाहरुका नाम जोडिएका बिषयमा निर्मम छानबिन गरि दोषी उपर कानुनी कारवाही गर्न के ले छेक्यो ?

पार्टी भित्र अल्प धारले गठबन्धन सस्कृति बिरोध गर्दा गर्दै कार्यसमितिको बहुमतको ढाप लगाएर गत आम निर्वाचन देखि नै गठ बन्धनको पक्षपोषण गरेको काँग्रेस माओबादिले तेस्रो पटक काँध फेर्दा अत्तालिएको हो कि ? जस्तो देखिन्छ ।

त्यसो त् आफ्नो छबि बिबादस्पद भए पनि आफु जनता बीचमै रहेको र हरेक घटनाको निर्मम छानबिन गर्ने भन्दै छिट्टै थन्किएका फाइलहरु खोल्ने गर्जन गरेका रबिलाइ उनको यो बोलि र कार्य शैली प्रति कत्तिको नतिजा देखाउन सक्छन्?

त्यो हेर्न आगामी केहि हप्ता कुर्नु पर्ने हुन सक्छ। नागरिकता प्रकरणमा जनताले सफाइ दिएका रविलाई सहकारी प्रकरणको भूतले सजिलै उन्मुक्ति देला वा नदेला हेर्न बाँकी नै छ । तर आम जन सवालका बिषयमा जन आवाज बहस हुने थलो संसदमा काँग्रेसको संसद बहिस्कारको बाजा मौसमी हो कि बेमौसमी ? कसरी छुटाउने आम जनताको चासो बनेको छ ।

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया