पुष्पा खनालको ‘माया केवल माया’ अब भिडियोमा पनि

इनेप्लिज २०८० चैत ५ गते १०:१७ मा प्रकाशित

पुष्पा खनालका शब्दहरू रहेको गीत ‘माया केवल माया’को भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतको भिडियोलाई कलाकार गोपाल ढकाल छन्देले निर्देशन गरेका हुन् ।

गीतमा वरिष्ठ नृत्य निर्देशक राजु शाहको कोरियोग्राफी रहेको छ ।भिडियोमा अभिनेता शितल केसी तथा मोडल चन्द्र कुमारी राईको अभिनय हेर्न पाइन्छ ।

सरोज कोइरालाको सङ्गीत रहेको यो गीतमा लोकप्रिय गायिका अञ्जु पन्त र गायक तथा सङ्गीतकार सरोज कोइरालाको स्वर सुन्न सकिन्छ । गोविन्द मधुर आचार्य यो गीतका सङ्गीत संयोजक हुन् ।

अजय रेग्मीको छायाङ्कनमा तयार पारिएको यो गीतलाई मोडल तथा नायक श्रीदेव भट्टराईले प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया