भोजपुरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

बेद प्रसाद घिमिरे २०८० चैत ४ गते १:३५ मा प्रकाशित

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आइसकेको छैन।

प्रतिक्रिया