महाशिवरात्रीको उपलक्ष्यमा केही कुराहरु व्यक्त गर्न चाहन्छु

कमला प्रसाईं हाल- न्यूयोर्क २०८० फागुन २५ गते २२:०३ मा प्रकाशित

संसारको सर्वोच्च शक्ति नै भगवान हो।
भगवानविना कुनै कुरा पनि सम्भव छैन।

यो जगत नै भगवानद्वारा निर्मित कर्मभूमि हो। हामी छोटो समयका लागि आएका छौं र हामीले सँधै जन्मदाता र भगवानप्रति आस्था र भक्तिभाव प्रकट गर्नुपर्दछ।

धर्मशास्त्रहरुको अध्य्यन गर्ने त्यसबाट मान्छेले नैतिक शिक्षा प्राप्त गरेर खराब बाटोमा लाग्नबाट बचाउँछ। घर, परिवार, समाज, राष्ट्र र बिश्वकै लागि उपयोगी बन्न र हुन सक्नुपर्छ अनि मात्र आत्माको कल्याण हुन्छ। धर्मलाई जीवनको आधार बनाउनुपर्छ र धर्म नै जीवनको आधार हो भन्ने कुरा सबैमा उत्प्रेरणा जगाउन सक्नु पर्दछ।

कुनैपनि राम्रो काम गर्नलाई मनलाई दास बनाउनेतर्फ लाग्नुपर्छ मालिक होइन। मनलाई मालिक बनाउने मान्छे भन्दा मनलाई दास बनाउने मान्छे नै आज संसारभर पुजनीय छन् ।

नेपालको पावन भूमिमा भगवान श्री पशुपतिनाथ बिराजमान हुनुहुन्छ ।

हामी धेरै भाग्यमानी छौँ किनकी हामीले हाम्रो जन्मभूमिमा भगवान श्री पशुपतिनाथलाई पाएका छौं । देवका पनि देव महादेव भगवान श्री पशुपतिनाथको अगाडि शिर निहुँराउने जो कोही हिन्दू धर्मावलम्बीले कहिल्यै गलत बाटोमा नहिडोस् भनेर प्रार्थना पनि गर्दै सम्पूर्णमा महाशिवरात्री पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

ॐ नम:शिवाय
हर-हर महादेव
जय श्री पशुपतिनाथ

प्रतिक्रिया