गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)

इनेप्लिज २०८० फागुन १८ गते २२:४७ मा प्रकाशित

काठमाण्डौं ।

नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । आफनो मायालु लाई भेटन नपाएको गुनासो कुरा गायिकाले गुनासो गरेकी छन ।

आफनो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ । ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ ।

प्रतिक्रिया