गायक प्रताप दास र गायिका अन्जु पन्तको नयाँ गीत ‘ बादल भित्रमा ‘ सार्वजनिक (भिडियो)

इनेप्लिज २०८० फागुन १५ गते १०:५२ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र ‘ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् ।

मोडलद्वय दिनेश बिष्ट हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् ।

सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् । ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् ।

प्रतिक्रिया